नारायणप्रसाद घिमिरे /रासस
काठमाडौँ, पुस २० गते । एक्काइसौँ शताब्दीको पहिलो २५ वर्ष हामीबाट बिदा भइसकेको छ । विगत वर्षहरूमा झैँ अन्तर्राष्ट्रिय राजनीति, द्वन्द्व र जलवायु परिवर्तनसँगै सन् २०२५ मा पनि सूचना प्रविधि चर्चाको शिखरमा रह्यो । विशेषगरी कृत्रिम बौद्धिकता (एआई) मा थपिएका नयाँ आयाम, यसको असर र यसबारे गरिएका भविष्यवाणी रोचक रहे ।
एआईले मानव जीवनलाई अत्यधिक सहजतासँगै नयाँ चुनौती थपिदिएको कुरा छर्लङ्गै छ । सन् २०२५ को शुरुमै च्याटजिपिटिलाई टक्कर दिँदै डिपसिकले विश्वको ध्यान खिच्यो । यस क्षेत्रमा जारी अध्ययन, अनुसन्धान र लगानीले एजेन्टिक एआईको उदय भयो । यसको अर्थ एआईमा अब स्वतन्त्ररुपमा अर्थात् कमभन्दा कम मानव निगरानीमा काम गर्नसक्ने ९निर्णय लिने० क्षमता विकास भयो ।
एआईको विकास र शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, लगानी, राजनीति, पत्रकारिता, जलवायुलगायत विभिन्न विषयमा यसले सिर्जना गर्ने अवसर र असरबारे दर्जनौँ क्षेत्रीय तथा सयौँ अन्तर्राष्ट्रिय कार्यक्रमहरू आयोजना भए । सन् २०२५ मा भएका यस्ता कतिपय कार्यक्रममा नेपाल सरकार तथा गैरसरकारी निकायको समेत सहभागिता रह्यो ।
विश्वसनीयतामाथि प्रश्न
कन्टेन्ट जेनेरेसन (समाचार, प्रतिवेदन, फोटो, भिडियोको उत्पादन) का लागि एआईको प्रयोग तीव्र बढ्दै जाँदा यसले तयार गर्ने विषयवस्तुको निष्पक्षता, समावेशिता र विश्वसनीयतामा भने प्रश्न उठिरहेका छन् । एआई क्षेत्रका लगानीकर्ता र व्यवस्थापकहरूले इन्जिनियर र वैज्ञानिकले मात्रै एआईलाई निष्पक्ष र विश्वसनीय बनाउन नसक्ने तर्क गर्छन् । नीति, व्यवस्था र सामाजिक न्यायका प्रावधानहरूको जानकार भएपछि मात्रै एआईले सर्वपक्षीय आकांक्षालाई सही सम्बोधन गर्नसक्नेमा उनीहरूको जोड छ ।
एआईमा हुने जातीय पक्षपातविरुद्ध काम गर्ने एक अन्तर्राष्ट्रिय संस्था ‘एआई फर द पिपुल’की प्रमुख कार्यकारी अधिकृत मुटाली कोन्डेका भनाइमा एआई उत्पादित विषयवस्तु प्राविधिक चुनौती जत्तिकै सामाजिक चुनौती पनि हो । ‘एआई फर गुड’ नामक विश्व सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, “डिजिटल प्लेटफर्मलाई मात्रै पूर्णरूपमा उत्तरदायी बनाउनुहुँदैन । टिकटकजस्ता कम्पनीबाट ‘समाजको नियन्त्रणरमूल्याङ्कन गर्ने’ अपेक्षा गर्नु अव्यावहारिक हुन्छ । त्यसैले सरकार र ठूला निकायले यस्ता कम्पनीलाई कम्तीमा पनि उत्तरदायित्वको आधारभूत खाका प्रदान गर्नुपर्छ ।”
स्पष्ट छ, अघिल्ला प्रविधिहरूको विकास र विस्तार जस्तै एआईमा पनि औद्योगिक र विकसित राष्ट्रहरूकै बोलवाला छ । विश्वभरका वैज्ञानिकहरू जम्मा गरी तीक्ष्ण दिमागको सदुपयोग गर्न सक्ने क्षमता भएका राष्ट्र नै यसको भाष्य र भविष्य निर्धारण गरिरहेका छन् । एआईसम्बन्धी अनेक छरिएर प्रयास जारी भए पनि यसको खरो प्रतिस्पर्धामा भने अमेरिका र चीन नै अग्रपङ्क्तिमा छन् ।
एआईको पूर्ण प्राविधिक पक्षमा केही व्यक्ति तथा संस्थाको संलग्नता र चासो भए पनि यसको विकास र प्रभावबारे चासो राख्ने जनसङ्ख्या ह्वात्तै बढेको छ । तर सही सूचनाको खोजी र ज्ञान निर्माण भने आवश्यक छ । इन्टरनेटमा त सहजै फेला पर्ने न्यून गुणस्तरका सामग्री देखि विश्वस्तरीय अनुसन्धान निकाय, विश्वविद्यालय र राष्ट्रसङ्घले तयार गरेका अध्ययन प्रतिवेदन पनि उपलब्ध हुन्छन्, तर विश्वसनीयता र आफ्नो रुचि अनुरूपको विषय वस्तुको खोजी र पहिचानका लागि पनि न्यूनतम सचेतना आवश्यक पर्छ ।
प्रक्षेपण र प्रतिस्पर्धा
एक प्रक्षेपणमा भनिएको छ, सन् २०३८ सम्ममा उत्तरदायी र मानवकेन्द्रीत एआईको उपभोक्ता बजार १२ खर्ब ९१।२ ट्रिलियन० अमेरिकी डलर हुनेछ । त्यसैगरी, विश्व आर्थिक मञ्चले सन् २०२५ को पहिलो महिनामै सार्वजनिक गरेको ‘विश्व जोखिम प्रतिवेदन’मा एआईले भ्रामक विषवस्तुको अत्यधिक सिर्जना र विस्तार भई समाज नै ध्रुवीकृत हुने प्रक्षेपण गरिएको थियो ।
एआईमा पनि हरेक हप्ता वा महिना जस्तो विविध आयाम थपिइरहेका छन् । विश्वका शक्तिशाली र विकासशील राष्ट्रहरूले प्रविधिलाई प्राथमिकतामा राखी राष्ट्रिय शक्ति निर्माण र विश्व सामर्थ्य प्रदर्शनमा एआईलाई जोडी विभिन्न कार्यक्रमहरूमा लगानी वृद्धि गरिरहेका छन् । यसले प्रतिस्पर्धात्मक वातावरण निर्माण गरेको छ ।
सन् २०२५ को सुरुमै चिनीयाँ कम्पनी डिपसिकले निर्माण गरी बजारमा ल्याएको एआईले विश्वभर तहल्का पिट्यो । गुगल र ओपनएआईले निर्माण गरेको एआईभन्दा सस्तो र सहज प्राविधिक उत्पादनले विश्वकै ध्यानाकर्षण गर्यो । स्मरणीय छ कि डिपसिक–आर१ को निर्माण अमेरिकी प्रविधि कम्पनीले भन्दा कम समय, कम प्रविधि र थोरै कम्प्युटर चिप्समै सम्भव भएको थियो । यसको निर्माण समूहले ६० लाख अमेरिकी डलरभन्दा कममा यो मोडल तयार गरेको थियो जबकि च्याटजिपिटी तयार गर्न निक्कै बढी समय र खर्च लागेको थियो ।
एआई र रोजगार
प्रविधिको विकास तथा विस्तारले नयाँ कामको सिर्जना त हुन्छ नै । यससँगै कतिपय पुराना काम र सीपको विस्थापन पनि । एआईले विश्व श्रमबजारमा ल्याउने हलचल पेचिलो विषय हो । विभिन्न अध्ययन प्रतिवेदन तथा अनुसन्धाताहरूले मानिसका अनेक श्रम र सीपलाई एआई र अटोमेसनले खोस्ने प्रक्षेपण गरिरहेका छन् । एआई प्रयोग गरी ठूला कम्पनीहरूमा तीव्र प्राविधिक रूपान्तरण भएका छन् । फलस्वरूप हजारौँ मानिसले रोजगारी गुमाए । सिएनबिसीले तयार पारेको समाचारअनुसार, एआईका कारण सन् २०२५ मा अमेरिकामा मात्रै विभिन्न प्राविधिक कम्पनीहरूले ५५ हजारभन्दा बढी कामदारलाई जागिरबाट बिदा गरे ।
सिएनबिसीमा डिसेम्बर २१, २०२५ मा सदा भैमियाले म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनलाई आधार मान्दै लेख्नुभएको छ, “एआईले अमेरिकी श्रमबजारको ११।७ प्रतिशत काम सहजै गर्नसक्छ, जसबाट फाइनान्स, स्वास्थ्यसेवा र अन्य व्यवसायिक कामवापत् तलबमा हुने १२ खर्ब डलर खर्च जोखिन्छ ।”
प्रविधिको प्रकृति नै हो यो क्रमशः सस्तो र विश्वप्यापी हुँदै जान्छ । अहिले अमेरिकामा देखिएको मानवस्रोत कटौतीको प्रवृत्ति अन्य देशहरूमा फैलिने निश्चित छ ।
विशेष सम्मेलन
सन् २०२५ को फेब्रुअरी महिनामा फ्रान्सको राजधानी पेरिसमा आयोजना भएको एआई सम्मेलनलाई प्रविधि क्षेत्रको एक महत्त्वपूर्ण कार्यक्रमका रूपमा लिइन्छ । उक्त पेरिस एआई शिखर सम्मेलनले एक घोषणापत्ररसम्झौता पनि जारी गर्यो । तर घोषणपत्रमा बेलायती र अमेरिकी सरकारले हस्ताक्षर गर्न अस्वीकार गरे । ‘मानव र पृथ्वीका लागि समावेशी र दिगो कृत्रिम बौद्धिकता ९एआई०’ नाम दिइएको सो घोषणापत्रमा चीन, भारत, जापान, अस्ट्रेलिया, क्यानाडा र युरोपेली सङ्घ ९इयु० का सदस्यहरू सहित ६० देशले हस्ताक्षर गरे । यस किसिमको सम्मेलन अघिल्लो वर्ष दक्षिण कोरियामा र सन् २०२३ मा बेलायतमा भएको थियो ।
बेलायत र अमेरिकाद्वारा भएको हस्ताक्षर अस्वीकारलाई अर्थपूर्णरूपमा विश्लेषण गरिए । प्रविधिको विकास, विस्तार र नियमनमा विश्वका धनी र औद्योगिक राष्ट्रहरू एकै मञ्चमा उपस्थित भई साझा धारणा बनाउने छन् भन्ने आशा धुमिल भयो । यो कुराबाट के पनि अनुमान गर्न सकिन्छ भने एआईसम्बन्धी विश्व सहकार्य र संयोजनभन्दा पनि शक्ति राष्ट्रहरूबीच सघन प्रतिस्पर्धा नै जारी रहनेछ ।
शिखर सम्मेलनबारे गार्डियन पत्रिकामा ड्यान मिल्मो र एलेइनी कुरियाले गरेको रिपोर्टिङअनुसार बेलायती सरकारका प्रवक्ताले उक्त घोषणापत्र एआईको वैश्विक व्यवस्थापन र राष्ट्रिय सुरक्षामा प्रविधिको असरजस्ता चुनौती सम्बोधन गर्न अपूरो रहेको टिप्पणी गरेका थिए ।
“अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले एआईसम्बन्धी पेरिस सम्झौतामा हस्ताक्षर नगर्नुको कारण खुलाउनुभयो– उहाँलाई युरोपको प्रविधिमाथि ‘अत्यधिक नियमन’ मन परेन । साथै, उहाँले यस विषयमा युरोपलाई चीनसँगको सहकार्यविरुद्ध चेतावनी दिनुभयो”, गार्डियनमा मिल्मो र कुरियाको रिपोर्टिङ छ ।
यस विषयले पनि स्पष्ट पार्छ कि एआई र यसको व्यवस्थापनबारे विश्वमा फरक धारणा र विधि छन् । यद्यपि सम्मेलनका थुप्रै सकारात्मक पक्ष थिए । यो सम्मेलनले अघिल्ला सम्मेलनमा देखिएका अस्पष्टता हटाएको र एआई सुरक्षा र उन्नयनमा जोड दिएको थियो । कतिपय विज्ञले यो सम्झौताले एआई सार्वभौमिकतामा जोड दिएकाले सकारात्मक भएको तर्क गरे ।
यसैगरी सन् २०२५ को अर्को महत्त्वपूर्ण सम्मेलन हो अन्तर्राष्ट्रिय दूरसञ्चार संस्था (आइटियु) ले आयोजना गरेको ‘एआई फर गुड विश्व सम्मेलन’ । जुलाई महिनामा भएको उक्त सम्मेलनमा १६९ देशका ११ हजारभन्दा बढी मानिस सहभागी भएका थिए ।
अध्ययन, अनुसन्धान
एआईको जारी विकास, प्रयोग र यसले स्वास्थ्य, राजनीति, मिडिया, शिक्षा, अर्थतन्त्र, कूटनीति, समाज र संस्कृतिलगायत अनेकौँ क्षेत्रमा पार्ने प्रभावलाई केन्द्रमा राखी विभिन्न अन्तर्राष्ट्रिय निकाय, अनुसन्धान केन्द्र र सरकारहरूले हजारौँ प्रतिवेदन र दस्तावेज तयार गरे । यी अध्ययन र प्रक्षेपणले यस विषयमाथि गहन विचार निर्माणमा सहयोग पुग्छ ।
यसै सन्दर्भमा संयुक्त राष्ट्रसङ्घीय निकाय अन्तर्राष्ट्रिय दूरसञ्चार संस्था (आइटियु) ले एआई नियमन र व्यवस्थापन सम्बन्धी तयार गरेको प्रतिवेदनमा एआई गभर्नेन्सका १० संयन्त्रमा— १० सिद्धान्त र अभ्यास, २० बहुपक्षीय पहल, ३० विश्वसनीयताका लागि पारदर्शिता, ४० समावेशीताको सुनिश्चितता, ५० सीमित होइन सबैको क्षमता विकास, ६० वातावरणीय दिगोपन र एआई पूर्वाधार, ७० विषयगत जोड र बृहत् सहकार्य, ८० मापदण्ड र सुरक्षा विधि, ९० मूल्याङ्कन तथा तर्क क्षमताको नियमन र प्रारूप, र १०० नीतिगत अन्तरसञ्चालन र चुस्त नियमन उल्लेख गरेको छ ।
एआईप्रति बढ्दो चासो, अध्ययन, लगानी र अवलम्बनलाई थप व्यवस्थित र सुसूचित बनाउने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले डिसेम्बर १५ देखि एआई स्रोत केन्द्र सञ्चालनमा ल्याएको छ । डिजिटल रूपान्तरणसँगै ज्ञानमा आधारित एआईको विस्तारका लागि यस स्रोत केन्द्रका सामग्री उपलब्ध छन् । यहाँ राष्ट्रसङ्घीय निकायले जारी राखेका एआईसम्बन्धी ७०० भन्दाबढी कार्यक्रमहरूको एकत्रित जानकारी पाइन्छ । सन् २०२४ मा जारी भएको ग्लोबल डिजिटल कम्प्याक्टको कार्यान्वयनका लागि पनि यो स्रोत केन्द्र सहयोगी हुने विश्वास गरिएको छ ।