सन् २०२५ को एक वर्षको अवधिमा १४ हजार नौ सय ८० जना पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्र भ्रमण गरेका छन् ।
भार्सेली समाज हङकङको सहयोगमा भार्सेका सवै विद्यालयका शिक्षक तथा विद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको ध्यान गुणस्तरीय बिजुलीमा केन्द्रित रहेको बताउनुभएको छ । ‘प्रादेशिक कार्यालयका उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने अभियान’ का लागि कर्णाली र सुदूरपश्चिम प्रदेश पुग्नु भएका उहाँले त्यहाँका विभिन्न वितरण केन्द्र र सब–स्टेशनको निरीक्षण गर्ने क्रममा यस्तो बताउनुभएको हो ।
खोटाङका थप दुई ठाउँमा बेलिब्रिज जडान हुने भएको छ ।
सल्यानमा यही पुस १४ देखि हराइरहेकी एक महिला मृत फेला परेकी छन् । कपुरकोट गाउँपालिका वडा नं–४ निवासी ७१ वर्षीया कृष्णी घर्ती आइतबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तापक्रम घटेको छ । जल तथा मौसम विज्ञानविभागका अनुसार पछिल्लो २ दिनमै काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री घटेर आज तीन दशमलव पाँच डिग्रीमा झरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले धर्म, जाति र समुदायबिचको सहअस्तित्व नै मधेशको मौलिक पहिचान भएको उल्लेख गर्दै धार्मिक सद्भाव बिगार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने स्पष्ट पार्नुभएको छ ।
कृषि ज्ञान केन्द्र धनकुटाले १७७ मुरी धान उत्पादन गर्ने एक कृषकसहित अन्य सात जनालाई नगदसहित सम्मान गरेको छ । केन्द्रले एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट कृषकलाई जनही नगदसहित सम्मान गरेको हो ।
नेपाली सेनाले सोमबारदेखि गोरखा–काठमाडौँ एकीकरण पद यात्रा सुरु गरेको छ । एकीकरणका प्रतिक पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरिएको पैदलयात्रा हुँदै आज बिहान ९ः५० बजे पदयात्रा सुरु गरेको नेपाली सेनाका रुद्रध्वज गणका गणपति विरोध रिजालले जानकारी दिनुभयो ।
बागलुङ महोत्सव एक दिन लम्बिने भएको छ । पुस ११ गतेदेखि सुरु भएको महोत्सव मङ्गलबारसम्म चल्ने भएको हो । यसअघि सोमबारसम्मलाई महोत्सवको अवधि तोकिएको थियो ।
प्युठानको ऐरावती गाउँपालिकाले पालिका क्षेत्रको मुख्य सडकमा दिउँसोको समयमा टिप्पर सञ्चालन गर्न रोक लगाएको छ । गाउँपालिकाले चेरनेटा–बरौला–जोगिटारी सडकमा बिहान ८ देखि बेलुका ५ बजेसम्म टिप्पर सञ्चालनमा रोक लगाएको हो ।
ताप्लेजुङमा जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी माघ २३ गतेदेखि सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समितिका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २३ देखि २६ गतेसम्म सिदिङ्वा गाउँपालिकामा सञ्चालन हुने भएको हो ।
निर्माणाधीन पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपाखेरी–पथरी खण्डमा पर्ने मोरङ्गी खोलाको पुल भाँसिएपछि राजमार्ग अवरुद्ध भएको छ ।
रौतहटबाट स्रोत नखुलेको दुई लाख ५० हजार तीन सय ६० रुपियाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिन्धुपाल्चोकबाट राजनीतिक दलले उम्मेदवार हुने आङ्काक्षीको नाम सिफारिस गरेका छन् । उम्मेदवार सिफारिसमा प्रायः पुरानै नेताको नाम सिफारिस गरेर पठाइएको छ ।