रामेछाप जिल्लाको मन्थली नगरपालिका–८ का किसानलाई बाँदर भगाउने बन्दुक उपलब्ध गराएको छ । बाँदरले किसानले लगाएको बालीमा क्षति पु¥याएपछि किसानको मागअनुसार बाँदर भगाउने बन्दुक प्रदान गरिएको वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।
विश्वमा रहेका सबै देशमध्ये मेरो लागि मेरो देश नेपाल नै सबैभन्दा सुन्दर छ । चिन र भारतको बीचमा रहेको नेपाल सानो भए पनि धेरै आकर्षक छ । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि नेपालमै रहेको छ । नेपाल हिमाल, पहाड र तराई गरी तीन भागमा बाँडिएको छ । नेपालमा धेरै रमणीय, सुन्दर र राम्रा ठाउँ पनि छन् । नेपालमा भएको सुन्दरतालाई हेर्न धेरै पर्यटक पनि आउने गर्दछन् । यहाँ रहेका धार्मिक स्थलले नेपालको महìव बढाएको छ । सगरमाथाको देश नेपाल भनेर चिनिने मेरो देशमा धेरै प्रकारको जैविक विविधता पनि देख्न सकिन्छ । डाँफे, गाई र क्रिम्सन रङ नेपालको पहिचान हो । नेपालमा भएका प्राकृतिक स्थलले यसको सुन्दरतालाई निखार दिएको देख्न सकिन्छ ।
सान्नीत्रिवेणी गाउँपालिकाले पालिकाभित्रका सबै बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । पालिकाले आइतबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो । सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिले पाउने गरेका छन् । पालिकाले कर्मचारी परिचालन गरेर वडा नम्बर १ बाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।
मेरो नाम अपेक्षा धेरै पढ्ने छ इच्छा सिकाइ दिन्छिन् दिदीले गुरुआमा गुरुले ।
सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउन गरेको निर्णय अमेरिका पुग्न सकेको छैन । कूटनीतिक नियमअनुसार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले सो पत्र अमेरिकाको सम्बन्धित निकायमा पठाउनुपर्ने हुन्छ । मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयलाई पठाएको छ तर परराष्ट्र मन्त्रालयले एसपीपीमा सहभागिताको अघिल्लो पत्राचारलाई अघि नबढाउन गरेको निर्णयका विषय अध्ययनकै क्रममा रहेको प्रस्ट पारेको छ ।
लगातारको वर्षा नरोकिदाँ देशैभर आजपनि मनसुनी वायुको प्रभाव रहेको छ । देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा लागेको ताल्चा दुई महिनापछि खुलेको छ । नेपाल विद्यार्थी सङ्घले उठाएका १४ बुँदे मागमध्ये आधाभन्दा बढी माग सम्बोधन भएपछि नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताल्चा खुलेको हो ।
कैलालीमा दुर्लभ जलप्राणी डल्फिन देखिन थालेका छन् । पानीको सतह बढेपछि यहाँका सहायक नदीनालामा गङ्गेटिक प्रजातिको डल्फिन देखिन थालेको हो ।केही दिनयता जिल्लाको दक्षिण–पूर्वी तटीय क्षेत्रस्थित नदीनालामा डल्फिन देखा परिरहेका स्थानीयवासीले जनाएका छन् ।
नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ ।कोषको कार्यक्रममा सहभागी भएका कर्मचारीको सम्बन्धित कार्यालयले अनलाइन प्रणालीबाट सोझै खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको हो ।
गण्डकी प्रदेश सरकारले तीन वर्ष अघि सारेको ‘एक निर्वाचन क्षेत्र १ नमूना सडक कार्यक्रम’ अन्तर्गतका जिल्लाका दुईवटा सडक योजना अलपत्र परेका छन् । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सडक योजना समयमै कार्यान्वयन हुन नसक्दा अलपत्र परेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताका लागि सरकार सधैँ प्रतिबद्ध भएको बताउनुभएको छ । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनबारे नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवालाई जानकारी गराउन गएका युनियन केन्द्रीय कार्यसमितिका पदाधिकारीसँग उहाँले उक्त कुरा बताउनुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री देउवाले नेपाली सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो ।
दोलखाको कालिञ्चोक गाउँपालिकाले एक घर, एक बाँदर पाल्ने कार्यक्रम ल्याउन लागेको छ । गाउँपालिकाले बाँदर नियन्त्रणका लागि आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा समावेश भएको यो कार्यक्रम पारित भइसकेको गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।
गत वर्षदेखि नै सिक्टाको मूल नहरमा पानी छोडिँदा कोहलपुर–६, रझेनाका मलिराम थारूलाई खेतीमा पानीको कुनै समस्या भोग्नुपरेको छैन । आफ्नो खेतको छेउमा नै मूल नहर बगेकाले आवश्यक पानी तानेर बाह्रै महिना खेती गरिरहेको उहाँले बताउनुभयो । यसअघि आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै थारूले अब त जतिबेला जुन खेती मन लाग्यो, त्यो गर्न सकिने बताउनुभयो ।
नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक यही असार २१ गते बोलाएको छ ।
ललितपुर महानगरपालिका बुङ्मती मच्छिन्द्रबहालका गल्ली, टोलमा छिर्दा निरन्तर रूपमा ज्यावल चलाएको टक्, टक् र टुक् टुक् गरेको आवाज सुनिन्छ । त्यस्तो आवाजसँगै नजिकै रेडियो बज्दै गरेको र महिलाको छेउमा ससाना बच्चा लडीबुडी खेलिरहेको दृश्य देखिन्छ ।