• २४ असार २०८१, सोमबार

‘प्रेस स्वतन्त्रताका लागि सरकार प्रतिबद्ध’

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार २० गते  । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताका लागि सरकार सधैँ प्रतिबद्ध भएको बताउनुभएको छ । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनबारे नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवालाई जानकारी गराउन गएका युनियन केन्द्रीय कार्यसमितिका पदाधिकारीसँग उहाँले उक्त कुरा बताउनुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री देउवाले नेपाली सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो । 

महाधिवेशनको तयारीबारे जानकारी गराउन नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, कार्यवाहक महासचिव भीष्मराज ओझालगायतको पदाधिकारी टोलीले प्रधानमन्त्री देउवालाई महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिका लागि निमन्त्रणासमेत गरेको छ । नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यका अनुसार प्रधानमन्त्री देउवाले आगामी साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटाँैडामा हुने महाधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।