• १८ चैत २०८२, बुधबार

प्यालेस्टिनी कैदीलाई मृत्युदण्ड दिने कानुन खारेज गर्न इजरायललाई राष्ट्रसङ्घको आग्रह

blog

जेनेभा, चैत १८ गते । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले इजरायले पारित गरेको प्यालेस्टिनी कैदीलाई मृत्युदण्ड दिने कानून खारेज गर्न आह्वान गर्नु भएको छ । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले विज्ञप्ति मार्फत उक्त कानून भेदभावपूर्ण रहेको जनाउदै यसको कार्यन्वयन भएमा अन्तर्राष्ट्रिय कानून अन्तर्गत इजरायलको दायित्व उल्लङ्घन गर्ने बताउनु भएको छ ।

मृत्युदण्डको कानूनको संयुक्त राष्ट्र सङ्घको विरोधलाई प्रष्ट पार्दै उच्चायुक्तले यो सजायले मानवीयता हराउने र निर्दोष मानिसलाई मृत्युदण्ड दिने जोखिम बढ्ने बताउनु भएको छ । पछिल्लो समयमा इजरायलको यो कदमको कारण व्यापक अन्तर्राष्ट्रिय निन्दा खेपिरहेको छ । रासस/क्यूएनए