• २४ असार २०८१, सोमबार

आजपनि देशैभर हल्का देखि मध्यम वर्षाको सम्भावना

blog

काठमाडौं, असार २० गते ।  लगातारको वर्षा नरोकिदाँ देशैभर आजपनि मनसुनी वायुको प्रभाव रहेको छ । देशका धेरै स्थानमा सामान्य बदली रही  लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। 

सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । मंगलबार भने सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।