• २८ वैशाख २०८१, शुक्रबार

मेरो प्यारो देश नेपाल

blog

विश्वमा रहेका सबै देशमध्ये मेरो लागि मेरो देश नेपाल नै सबैभन्दा सुन्दर छ । चिन र भारतको बीचमा रहेको नेपाल सानो भए पनि धेरै आकर्षक छ । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि नेपालमै रहेको छ । नेपाल हिमाल, पहाड र तराई गरी तीन भागमा बाँडिएको छ । 

नेपालमा धेरै रमणीय, सुन्दर र राम्रा ठाउँ पनि छन् । नेपालमा भएको सुन्दरतालाई हेर्न धेरै पर्यटक पनि आउने गर्दछन् । यहाँ रहेका धार्मिक स्थलले नेपालको महìव बढाएको छ । सगरमाथाको देश नेपाल भनेर चिनिने मेरो देशमा धेरै प्रकारको जैविक विविधता पनि देख्न सकिन्छ । डाँफे, गाई र क्रिम्सन रङ नेपालको पहिचान हो । नेपालमा भएका प्राकृतिक स्थलले यसको सुन्दरतालाई निखार दिएको देख्न सकिन्छ । 

काठमाडौँ नेपालको राजधानी हो । नेपालमा विभिन्न जात, जनजाति, धर्म, संस्कृति र वर्गका मानिस बस्ने गर्दछन् । यहाँ सबैमा एकताको भावना भएको देख्न सकिन्छ । पृथ्वीनारायण शाहले सिङ्गो नेपालको परिचय दिएदेखि आजसम्म यहाँ सबै नेपाली मिलेर बसेका छन् । यो देश दुई ठूला राष्ट्रको बीचमा रहेको तरुलजस्तो भए पनि स्वतन्त्र देश हो । त्यसैले नेपाललाई कसैले नराम्रो दृष्टि लगाउन सकेका छैनन । यो स्वतन्त्र भएको देश र म यही देशमा जन्मेको नेपाली नागरिक भएकोमा म अन्यन्त खुसी छु ।  साथै जैविक विविधता, प्राकृतिक एवं धार्मिक स्थल हिमाल, पहाड र तराईको सङ्गम र नेपालीको एकता आदिजस्ता थुपै विशेषता भएको मेरो देश नेपाल मेरो लागि धेरै प्यारो छ ।