• २८ वैशाख २०८१, शुक्रबार

पढ्ने इच्छा (कविता)

blog

अपेक्षा ज्ञवाली 

मेरो नाम अपेक्षा

धेरै पढ्ने छ इच्छा

सिकाइ दिन्छिन् दिदीले

गुरुआमा गुरुले ।


नजानेको सोध्ने हो

जाने जति पढ्ने हो

राम्रा कुरा सिकेर

सधैँ अघि बढ्ने हो ।


कापी–कलम च्यापेर 

स्कुल जान्छु म

टिफिनमा राखेको 

आफ्नै खाजा खान्छु म ।


बजारका खानाले 

बुद्धिसुद्धि हुन्न रे

साथीहरू सबैले 

यस्तै खाजा खान्छन् रे । 


कक्षा प्रथम भएर 

मैले नाम राख्ने छु

बाबा आमा सबैले

भनेको नि मान्ने छु ।


गुरुआमा गुरुलाई

सधैँ मान दिनेछु

गुरुज्यूले दिएको

ज्ञान मनमा लिनेछु  ।