सोमबार भएको कारोबारमा नेप्से परिसूचक ७७.०१ अङ्कले घटेर १९१५.६१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १३.०३ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ५.५६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०९ अङ्कले घटेको छ ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले बलिङ गरेको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा अहिले नामिबियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘क्रिमिनल जस्टिस सिष्टम’मा सुधारको जरुरी रहेको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षमा पनि मूल्यवृद्धि लक्ष्यभन्दा माथि नै हुने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक जारी छ ।
सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले सरकारले संसदमा पेश गरेको ‘यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवम् पार्टीका महासचिव शी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताउनुभएको छ ।
रासायनिक मलको अभावका बीच गुल्मीमा असार अन्तिम हप्तासम्म ५५ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्ष यो समयसम्म यस जिल्लामा ४५ प्रतिशत धान रोपाई सकिएको थियो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका भूमिहीन सुकुम्बासीको जग्गा नापजाँचको काम शुरुभएको छ । भूमि आयोगले तिलोत्तमाको वडा १३ करौजियाबाट जग्गा नाप जाँचको काम शुरु गरेको हो ।
प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले सङ्घीय राजधानीको सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर नेपाल प्रहरीलाई जिम्मेवारी दिन खोजिएको प्रष्ट पार्नुभएको छ ।
गाउँपालिकाभित्र विक्री वितरण हुने रासायनिक मलको निर्धारण गरिएको छ । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिकाले पालिकाभित्र विक्रि वितरण हुने रासायनिक मलको मुल्यमा एकरुपता ल्याउन मुल्य निर्धारण गरेको हो ।
प्रतिनिधिसभा बैठकमा यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयकसम्बन्धित समितिको प्रतिवेदन पेश भएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उक्त प्रतिवेदन सोमबारको बैठकमा पेश गर्नुभएको हो ।
प्रतिनिधिसभा बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।