सुशासनमा सकस
सहायता कक्षमै बस्दैनन् कर्मचारी
सुशासनको अवधारणा अन्तर्गत सेवाग्राहीको सहयोगका लागि सरकारी कार्यालयहरूले सहायता कक्ष सञ्चालन गर्नु पर्छ । अधिकांश कार्यालयमा सहायता कक्ष लेखिएको पनि हुन्छ तर ती कक्षमा कर्मचारी नै बस्दैनन् । कतिपय कार्यालयमा सेवाग्राहीले सेवा लिने प्रक्रिया नबुझ्दा अनि सम्बन्धित अधिकारी खोज्दै भौँतारिनुपर्ने अवस्था छ । सेवाग्राहीले सम्बन्धित सेवा दिने कर्मचारी नभेट्दा सेवा नलिई फर्कनुपर्ने बाध्यता पनि छ । यस्तो समस्या सिंहदरबारदेखि स्थानीय तहका वडा कार्यालयसम्मै हुने गरेको छ ।
चार पूर्वशिक्षामन्त्री चुनावी मैदानमा
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धामा पूर्वशिक्षामन्त्री नगन्य मात्रै प्रतिस्पर्धामा उत्रिएका छन् । २०६२/६३ को आन्दोलनपछि मुलुकमा करिब दुई दर्जन व्यक्ति शिक्षामन्त्री भएका छन् । पछिल्लो एक दशकमा भने एक दर्जनभन्दा बढी व्यक्ति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्न्नुभएको थियो । तीमध्ये २०६२/६३ को जनआन्दोलनपछि गठन भएको सरकारमा शिक्षामन्त्री बन्नुभएका मङ्गलसिद्धि मानन्धर र प्रदीप नेपाल तथा संविधान जारी भएपछि शिक्षामन्त्री बन्नुभएका धनीराम पौडेलको निधन भइसकेको छ ।
पुरुषसँग महिलाको चुनावी पौँठेजोरी
मुलुकमा यतिखेर फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको माहोल छाएको छ । यही माहोलमा प्रभावशाली ठानिएका पुरुष नेतृत्वसँगको भिडन्तमा चर्चित महिला उम्मेदवारहरूको चुनावी प्रतिस्पर्धा चर्केको छ । अन्य क्षेत्रभन्दा प्रभावशाली पुरुष नेताहरूसँग कडा प्रतिस्पर्धामा रहेका महिला नेतृहरूले अझ धेरै मेहनत गर्नुपर्ने चुनौती देखिएको छ । त्यसका लागि आफ्नै राजनीतिक दलबाट आवश्यक थप सहयोग र समर्थन महिला उम्मेदवारहरूले पाउन सकेका छैनन् ।
राष्ट्रपति पौडेल आइतबार जापान भ्रमणमा जाँदै
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
प्रमुख समाचार
सहमतिमै संविधान संशोधन
प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचार प्रसारमा होमिएका राजनीतिक दलहरू घोषणापत्र निर्माणको गृहकार्यमा पनि द्रुततर गतिमा जुटेका छन् । राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै स्थिरता, सुशासन, समुन्नति र देशका नवयुवा पुस्ताका आकाङ्क्षा सम्बोधन गर्ने गरी दलहरू घोषणापत्रको तयारीमा जुटेका हुन् ।
डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको मूल्य यथावत
नेपाल आयल निगमले डिजेल र मट्टितेको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपियाँ बढाएको हो। तर पेट्रोल र ग्यासको मूल्य भने यथावत राखिएको छ ।
सत्ताभन्दा सिद्धान्त सर्वोपरि हुन्छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको कांग्रेसका लागि सत्ताभन्दा पार्टीको सिद्धान्त र आदर्श प्राथमिकतामा रहेको बताउनुभएको छ ।
चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरकारसँग उचित सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न माग गर्नुभएको छ।
गोरखापत्र ताजा
हिमपातका कारण कोरला नाकामा कन्टेनर प्रवेश रोकियो
लिजी–नेचुङ (कोरला) नाकामा भारी हिमपातका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४,नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित भएको छ । गएको मङ्गलबारदेखि नाका क्षेत्रमा बाख्लो हिमपातका कारण कोरला नाकाबाट १४ किलोमिटर तल रहेको भन्सार कार्यालयबाट निकासी तथा पैठारी प्रभावित बनेको हो ।
मतदाता खोज्दै पोखरामा म्याग्दीका उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै म्याग्दीका उम्मेदवारहरु मतदाता भेट्न सहर झरेका छन् ।
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ ।
पाकिस्तानको बलुचिस्तानमा हिंसात्मक झडप
पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा गरिएका श्रृंखलाबद्ध र समन्वयात्मक आक्रमणहरूलाई असफल तुल्याएको जनाएको छ ।
राष्ट्रिय
सहमतिमै संविधान संशोधन
प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचार प्रसारमा होमिएका राजनीतिक दलहरू घोषणापत्र निर्माणको गृहकार्यमा पनि द्रुततर गतिमा जुटेका छन् । राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै स्थिरता, सुशासन, समुन्नति र देशका नवयुवा पुस्ताका आकाङ्क्षा सम्बोधन गर्ने गरी दलहरू घोषणापत्रको तयारीमा जुटेका हुन् ।
गाेरखापत्र विशेष
सहायता कक्षमै बस्दैनन् कर्मचारी
सुशासनको अवधारणा अन्तर्गत सेवाग्राहीको सहयोगका लागि सरकारी कार्यालयहरूले सहायता कक्ष सञ्चालन गर्नु पर्छ । अधिकांश कार्यालयमा सहायता कक्ष लेखिएको पनि हुन्छ तर ती कक्षमा कर्मचारी नै बस्दैनन् । कतिपय कार्यालयमा सेवाग्राहीले सेवा लिने प्रक्रिया नबुझ्दा अनि सम्बन्धित अधिकारी खोज्दै भौँतारिनुपर्ने अवस्था छ । सेवाग्राहीले सम्बन्धित सेवा दिने कर्मचारी नभेट्दा सेवा नलिई फर्कनुपर्ने बाध्यता पनि छ । यस्तो समस्या सिंहदरबारदेखि स्थानीय तहका वडा कार्यालयसम्मै हुने गरेको छ ।
प्रविधि
क्रिएटर मेलाले अर्थतन्त्रको विकासलाई सघाउने
नेपालस्थित अमेरिकी दूतावासले आममानिसमा डिजिटल सिर्जनालाई रचनात्मक र आर्थिक आम्दानीसँग जोड्ने उद्देश्यसहित क्रिएटर्स मेला–२०२६ को आयोजना गरेको छ । ‘भिजन टु भेन्चर’ नारासहित चितवनबाट सुरु भएको क्रिएटर्स मेला शुक्रबारदेखि भने काठमाडौँमा सञ्चालन गरिएको हो । चितवन र नेपालगन्जको सक्रिय सञ्चालनपछि दूतावासले काठमाडौँमा शनिबारसम्म दुई दिन काठमाडौँमा डिजिटल सिर्जनामा रमाउनेका लागि आयोजना गरेको दूतावासले जनाएको छ ।
अर्थ
‘ग्यारेन्टेड’ नक्कलीमा आकर्षण
सुनको मूल्य अस्वाभाविक बढेपछि नक्कली गहनाप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । सुनको मूल्य बढेर तोलाको साढे तीन लाख रुपियाँनजिक पुग्न थालेपछि नक्कली गहनाको व्यापार बढ्न थालेको छ ।
प्रदेश
खेलकुद
स्थानीयको अग्रसरतामा कबर्डहल निर्माण
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका ४ थामडाँडामा स्थानीयको अगुवाइमा कबर्डहल निर्माण भएको छ । स्थानीय समुदायको अग्रसरतामा बेनी नगरपालिका ४ नम्बर वडा कार्यालय तथा रोजगारीको शिलशिलामा मुलुक बाहिर तथा मुलुककै अन्यत्र पुगेका स्थानीयको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हो ।
कला/साहित्य
अपराधको कथा ‘दलदल’
जब अपराध कथा केवल रहस्य समाधान गर्नुभन्दा बाहिर जान्छन् र मानव मानसिकतामा डुब्छन्, तिनीहरूको प्रभाव फरक हुन्छ । चलचित्र ‘दलदल’ पनि त्यस्तै एउटा वेब शृङ्खला हो, जसले कसरी र कुन परिस्थितिमा अपराध उत्पन्न हुन्छ भन्ने कथालाई दर्शाउँछ । चलचित्रको पहिलो शृङ्खला सात भागमा प्रस्तुत गरिएको छ । प्रत्येक शृङ्खलामा फरक कथा समेटिएका छन् । चलचित्रभित्र यस्ता शृङ्खला छन् जहाँ एकपछि अर्को भाग आफ्नै सिर्जनाको दलदलमा गहिरो तरिकाले अपराध भुमरीमा डुब्दै जान्छन् ।
प्रवास
राष्ट्रपति पौडेल आइतबार जापान भ्रमणमा जाँदै
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
अमेरिकामा भारतीयद्वारा परिवारका चार सदस्यको हत्या
अमेरिकाको जर्जिया राज्यस्थित लरेन्सभिलमा एक व्यक्तिले आफ्नै परिवारका चार जना सदस्यको गोली हानी विभत्स हत्या गरेका छन्।
होलोकास्ट स्मृति दिवसः साठी लाख यहुदीप्रति श्रद्धाञ्जली
यहाँस्थित इजरायली दूतावासद्वारा मङ्गलबार अन्तरराष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा एक कार्यक्रम आयोजना गरियो ।
साउदी अरबसँग श्रम सम्झौता
नेपालीको प्रमुख श्रम गन्तव्य देश साउदी अरबसँग करिब डेढ दशकको निरन्तरको प्रयासपछि श्रम सम्झौता भएको छ । साउदी अरबको रियादमा आयोजित समारोहमा नेपाल र साउदी अरब सरकारबिच श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्धन गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संसाधन तथा सामाजिक विकासमन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गर्नुभयो ।
अन्तर्राष्ट्रिय
पाकिस्तानको बलुचिस्तानमा हिंसात्मक झडप
पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा गरिएका श्रृंखलाबद्ध र समन्वयात्मक आक्रमणहरूलाई असफल तुल्याएको जनाएको छ ।
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, उनीहरुले शरणार्थी शिविरमा शरण लिइरहेको अवस्थामा आक्रमण भएको थियो ।