• ५ जेठ २०८३, मङ्गलबार

गाई पालेर छोरालाई डाक्टर पढाउँदै एकल महिला

बैतडीको विकट टकौरा गाउँ जहाँ बिहानीको उज्यालोसँगै गोठमा गाईको दाम्लो फुकाउँदै गरेकी एकल महिला कुसुम लेखकको दिनचर्या सुरु हुन्छ । उहाँका हातगोडा र कपडामा गहुँत र गोबर लत्पतिको छ । निधार पसिनाले भिजेको छ, तर आँखामा भने छोरालाई डाक्टर बनाउने सपना छ ।

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

प्रतिनिधिसभा बैठकको सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने छ ।

नक्कली पत्र देखाएर कोरला नाकाबाट तस्करी

गत जेठ १ गते शुक्रबार राति अन्दाजी ११ बजे नेपाल–चीन जोड्ने लिजी–नेचुङ (कोरला) नाका हुँदै नक्कली प्रज्ञापनपत्र देखाएर लुकाइछिपाइ लैजान खोजिएको १ लाख १८ थान अवैध ‘भेप’ (विद्युतीय चुरोट) बोकेको दुई कन्टेनरसहित चालक र सहयोगीलाई भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिएका छन् ।

नुन पनि गुणस्तरहीन! आयोडिनविहीन नुन बिक्री रोक्न माग

चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिम देखिने खतरा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल आयोडिनविहीन नुन बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख समाचार

राष्ट्रियसभाको बैठक सुरु

बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने कार्यसूची छ ।

संसदीय सुनुवाइ छिटो सक्न रास्वपा सांसदको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अनावश्यक ढिलाइ नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अघि बढाउन माग गरेका छन् ।

सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पाद्वारा ल्होत्से हिमाल आरोहण

सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिकी शेर्पाले ८ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमालको सफल आरोहण गर्नुभएको छ । विश्वको चौथो अग्लो हिमाल ल्होत्सेको आरोहणसँगै उहाँ सशस्त्र प्रहरी बल नेपालको तर्फबाट ल्होत्से र सगरमाथा दुवै हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो सशस्त्र प्रहरी बन्न सफल हुनुभएको हो ।

प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध संसदीय सुनुवाइ सुरु

प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।


बिम डाडाँगाउँ

बिम डाडाँगाउँ


गोरखापत्र ताजा

सबै

मेची–महाकाली जनजागरण यात्रा ढल्केबरमा

चुरे क्षेत्र तथा प्राकृतिक स्रोतको संरक्षणको माग गर्दै सञ्चालन गरिएको ‘मेची–महाकाली जनजागरण एवं हस्ताक्षर अभियान यात्रा’ धनुषाको ढल्केबर आइपुगेको छ ।

दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिपको तयारी पूरा

तुलसीलाल स्मृति दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिपको तयारी पूरा भएको छ ।

राष्ट्रियसभाको बैठक सुरु

बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने कार्यसूची छ ।

४५ लाख रुपियाँ लागतमा बन्दैछ कवर्ड हल

सल्यानको बागचौर नगरपालिकामा ४५ लाख रुपियाँ लागतमा ब्याडमिन्टन कवर्ड हल निर्माण सुरु गरिएको छ । खेल पूर्वाधार विकास तथा युवालाई खेलकुद गतिविधितर्फ आकर्षित गर्ने उद्देश्यले नगरपालिकाको वडा २ बागचौरमा कवर्ड हल निर्माणको काम सुरु भएको हो ।

राष्‍ट्रिय

सबै

गाँजासहित दुई जना पक्राउ

प्रतिबन्धित लागूऔषध ६ किलोग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्थाई प्रहरी पोष्ट नेपालटार उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरगढी गाउँपालिका वडा ४ तितिरेबोट स्थितबाट ६ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो।

विचार

सबै

विद्युतमा संरचनागत सुधार

विश्वव्यापी रूपमा देखिएको जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्नुपर्ने आवश्यकता, दिगो विकासको अवधारणा र अभियान एवं शून्य कार्बन उत्सर्जनको लक्ष्यका कारण नवीकरणीय ऊर्जा प्रवर्धनको विषय अन्तर्राष्ट्रिय मञ्चहरूका साझा एजेन्डा बन्न पुगेका छन् । तद्नुरूप जलविद्युत्को अपार सम्भावनाका कारण नेपालमा पनि विगत केही दशकदेखि विद्युत् उत्पादन तथा उपभोग बढाउने

अन्तर्वार्ता

सबै

गोरखापत्रमा नाम छापिँदा ‘चार्म’ नै बेग्लै हुन्थ्यो

नेपाली कला क्षेत्रमा हरिवंश आचार्य विशिष्ट प्रतिभाका रूपमा चिनिनुहुन्छ । उहाँ सुपरिचित हास्य कलाकार हुनुहुन्छ । ‘लालपुर्जा’, ‘पन्ध्र गते’, ‘भकुन्डे भूत’, ‘हरिबहादुर र मदनबहादुर’ र ‘दसैँको च्याङ्ग्रा’ उहाँका हास्य टेलिशृङ्खलामध्ये चर्चित छन् । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अर्थात् ‘मह जोडी’ का रूपमा पनि उहाँका प्रस्तुति लोकप्रिय छन् । आचार्यले गाईजात्रा महोत्सवमा विसं २०३४ मा भाग लिएपछि उहाँको प्रसिद्धि बढ्यो । ‘बलिदान’, ‘लोभीपापी’, ‘फिलिम’, ‘राजामती’, ‘जे भो राम्रै भो’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’, ‘भुठान’ र ‘हरिबहादुरको जुत्ता’ उहाँका

सम्पादकीय

सबै

सगरमाथामा नयाँ कीर्तिमान

विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाल र नेपालीलाई संसारभर चिनाउने अमूल्य प्राकृतिक सम्पदा हो । हाम्रा उत्तरी भूभागमा पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमशृङ्खला देशको सानसँगै विश्वकै पर्यटन आकर्षणका मूल आधारसमेत हुन् । यिनै हिमशृङ्खलामा सर्वोच्च शिखरले विश्वकै साहसिक पर्यटकलाई निरन्तर आकर्षित गरिरहेको छ । खास गरी सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे

गाेरखापत्र विशेष

सबै

सिंहदरबारकै जग्गा अतिक्रमण

खोलानाला, नदी र सडक किनारका मात्र नभई मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गासमेत मिचिएको (अतिक्रमणमा परेको) पाइएको छ । सडक विस्तार गर्दा दुवैतिरबाट जमिन लिनुपर्ने भए पनि एकातिरबाट जमिन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो ।

प्रविधि

सबै

सोलुखुम्बुमा एआइ पत्रकारिता तालिम

ग्रामीण तथा हिमाली जिल्लामा कार्यरत पत्रकारलाई डिजिटल सीप र कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी ज्ञानसँग अभ्यस्त गराउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो ।

मेची–महाकाली जनजागरण यात्रा ढल्केबरमा

सुकुमवासी दलित समुदायको बिचल्ली

बिम डाडाँगाउँ

बाँकेमा जिल्ला स्तरीय मेयर कप फुटबल हुने

लागुऔषध सेवन गरी सवारी चलाउने १४ जना पक्राउ

४५ लाख रुपियाँ लागतमा बन्दैछ कवर्ड हल

असिनापीडित किसानले तरकारी बोट उखेलेर फाले

बालअधिकार संरक्षण गर्न स्थानीय तहसँग समझदारी

अधुरा सडक निर्माणमा स्थानीय तहको संयुक्त पहल

कला/साहित्य

सबै

‘सङ्ग्रहालयले सिङ्गो देशको पहिचान जीवन्त बनाउँछ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दक्षिण एसियामै सङ्ग्रहालयले अलग पहिचान र महìवका साथ विविध मौलिक संस्कृति र सम्पदाको संरक्षण गरेर बसेको बताउनुभएको छ ।

प्रवास

सबै

न्युयोर्कमा रौनकपूर्ण साकेला सम्पन्न

यतिबेला पूर्वी पहाड ढोल–झ्याम्टाको आवाजले गुञ्जायमान छ । विशेषगरी किराती राई समुदायको सघन बसोबास रहेका क्षेत्रमा बालबालिका, युवा तथा वृद्धवृद्धा ढोल–झ्याम्टाको तालमा साकेला नाचिरहेका छन् । गत हप्ता सुरु भएको साकेला उधौलीको रौनक अझै एक हप्तासम्म जारी रहनेछ ।

नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो साता हुन गइरहेको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ ।

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्धन गर्न ‘नेपाल फेस्टिभल’

बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा शनिबार ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फेस्टिभल–२०२६’ आयोजना गरेको छ ।

अन्तर्राष्ट्रिय

सबै

कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र जापानका प्रधानमन्त्री साने ताकाइचीबिच मङ्गलबार हुने शिखर वार्ताले पूर्वी एसियाली कूटनीतिमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ ।

सिमी भ्यालीमा डढेलोको कहर

अमेरिकाको लस एन्जलस नजिकैको सिमी भ्याली क्षेत्रमा सोमबार लागेको भीषण ब्रस फायर (घाँसे तथा झाडी क्षेत्रको आगलागी) तीव्र हावाका कारण तीव्र रूपमा फैलिँदा हजारौँ बासिन्दालाई घर छोड्न बाध्य पारिएको छ ।

भिडियो

सबै