• १२ साउन २०८१, शनिबार

१६ जना चिकित्सकसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली विमानस्थलमा । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, कात्तिक १८ गते । जाजरकोटमा गए राती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जानुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ जानुभएको हो । 

साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिनु भएको छ । 

यसैगरी, उहाँले नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री  जर्नादन शर्मा र शक्ति बस्नेतलाई पनि प्रभावित क्षेत्रमा जान निर्देशन दिनुभएको छ । 

यो पनि पढ्नुहोस

जाजरकोट भूकम्पमा परी मर्नेको सङ्ख्या ७२ पुग्यो

रुकुम पश्चिममा ३५ काे मृत्यु, ५३ जना घाइते

जाजरकोटमा मात्रै भूकम्पबाट ३७ जनाको मृत्यु

जाजरकोट र रुकुममा २५ जनाको मृत्यु