• १२ साउन २०८१, शनिबार

जाजरकोट भूकम्पमा परी मर्नेको सङ्ख्या ७२ पुग्यो

blog

भूकम्पबाट क्षतिग्रस्त भवन । तस्बिर : वासुदेव शर्मा र राजु लामिछाने

काठमाडौं, कात्तिक १८ गते । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या ७२ पुगेको छ । थप विवरण आउने क्रम जारी छ । 


जाजरकोट अस्पताल विकास समितिका अध्यक्ष डम्बरबहादुर सिंहका अनुसार, अस्पतालमा ल्याएकामध्ये ३७ जनाको निधन भएको छ भने घाइतेहरू ल्याउने क्रम जारी छ । 

यसैगरी, रुकुम पश्चिममा ३५ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार आठबिसकोट नगरपालिकामा २८ जना र सानीभेरी गाउँपालिकामा सात जना गरी ३५ जनाको मृत्यु भएको हो ।