• १२ साउन २०८१, शनिबार

अन्नपूर्ण आधार शिविर पुगेर फर्कनुभयो गुटेरेस

blog

काठमाडौँ, कात्तिक १४ गते । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्नुभएको छ । उहाँले आधार शिविरबाट जलवायु परिवर्तनबारे भिडियो सन्देश रेकर्ड गराउनुभएको छ । 

सोमबारको रात पोखरामा बिताउनुभएका उहाँले मङ्गलवार बिहानै नेपाली सेनाको हेलिकप्टरमा अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किनुभएको छ ।