• १४ मंसिर २०८१, शुक्रबार

१७ हजार मूल्य बराबरको अखाद्य वस्तु नष्ट

blog

बजार अनुगमन गर्दै महानगरका प्रतिनिधिहरु । तस्विर : सन्तोष सुवेदी

सन्तोष सुवेदी

कास्की, असोज १९ गते । चाडपर्वसँगै किनमेल गर्नेहरुको भीडभाड बजारमा विस्तारै बढनेक्रम सुरु भएको छ । खाद्यान्नदेखि लत्ताकपडा, नुनदेखि सुन पसलहरुमा उपभोक्ताको भिड बढ्ने क्रमसँगै महँगी बढने र म्याद गुज्रेका सामानहरु विक्री गर्नेभएकाले पोखरा महानगरपालिकाले बजार अनुगमनको काम तीव्र बनाएको छ । 

चाडपर्वको बेलामा व्यवसायीले कृत्रिम अभावदेखि मूल्यवृद्धि गर्ने गरेको गुनासो आउने गरेकाले उपभोक्ता अधिकार, महँगी नियन्त्रण र गुणस्तर कायम गर्न महानगरले अनुगमन गरेको हो । चाडपर्वमा उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले  पोखरामा बजार अनुगमन तीव्र पारिएको हो । ‘व्यापार बढेसँगै चाडपर्वको समयमा कृत्रिम अभावदेखि कालोबजारी बढ्छ, त्यसैले महानगरभित्र अनुगमन गरेका हौं’ महानगर बजार अनुगमन अधिकृत भरतराज पौडेलले भन्नुभयो । मनपरी मुल्य र  बदमासी रोक्न अनुगमनलाई दशैंसम्म अनुगमनलाई तीव्रता दिने उहाँले बताउनुभयो ।

महागनरले लेखनाथ क्षेत्रका ६ वटा पसलमा आज अनुगमन गरेको छ । अनुगमन गरिएका ६ बटा पसलमा म्याद नाघेका अखाद्य वस्तु मिसाइएका १७ हजार ८३१ रुपियाँ बराबरको सामग्री नष्ट गरिएको सापकोटाले जानकारी दिनुभयो । अनुगमनका क्रममा पोखरा –३० मा रहेको एएनबी सपिङ सेन्टरबाट १३ हजार ७ सय ३५ रुपियाँ मूल्य बराबरको म्याद नाघेका र अखाद्य वस्तु फेला परेपछि नष्ट गरिएको बजार अनुगमनमा सहभागी महानगरका ऋषि सापकोटाले जानकारी दिनुभयो । 

पोखरा ३० कै एनएस मिराज स्टोर्समा नापतौलका सामग्री दर्ता नगरेको, महानगरमा व्यवसाय नवीकरण नगरेको, सम्पत्ति कर नतिरेको देखिएकाले महानगर र नापतौल तथा गुणस्तर कार्यालयमा एक साताभित्र उपस्थित हुन निर्देशन दिइएको छ ।

पोखरा महानगरपालिका कार्यबाहक प्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा अखाद्य वस्तु, म्याद नाघेका खाद्य सामग्री, मूल्यसूची नभएका, लेवल नलगाएका सामग्री फेला परेको महानगर अनुगमन समितका अधिकृत भरतराज पौडेले बताउनुभयो । 

महानगरले अनुगमन गरिरहेको बताउँदै उहाँले चाडपर्वमा किनमेलका लागि भीडभाड बढी हुनेभएकाले म्याद गुज्रेका र अखाद्य वस्तु मिलाएर आउने भएकाले त्यसको नियन्त्रणका लागि अनुगमन प्रभावकारी बनाउने योजनाअनुसार चाडपर्व अनुगमनलाई तीव्रता दिइएको बताउनुभयो ।