• ११ मंसिर २०८१, मङ्गलबार

‘रित २’ को घोषणा

blog

काठमाडौँ, असोज ११ गते । फाल्गुनन्द लिङ्देन फिल्म्सको ब्यानरले चलचित्र ‘रित’ को सिक्वेल ‘रित २’ निर्माण गर्ने भएको छ । 

लिम्बू भाषा संस्कृतिमा आधारित चलचित्रको छायाङ्कन ताप्लेजुङको सिनाम, पाँचथरको ओयाम, इलाम, झापा हुँदै काठमाडौँ उपत्यकामा गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रका कथाकार तथा निर्देशक दिनेश लिङ्देनका अनुसार चलचित्रमा विशेष गरी लिम्बू जातिको विवाहमा दुलाहा र दुलही पक्षबिचमा हुने संस्कारको कथालाई समेटिने छ । चलचित्रमा लक्ष्मी योङहाङ, सोनु थोक्लिहाङ लिम्बू, विमला खजुम, तेज मेन्याङ्बो, पूर्ण सेलिङ, सागर केरुङ, याशेली योङहाङ, दिनेश माङ्मु, एन्जिला नेम्वाङ, नन्दु तुम्बापो, नितु नेम्वाङको अभिनय रहने छ ।

सन्चमान जबेगु, विक्रम पयाङ्गु, होमकुमार लावती र आशा नेम्वाङ निर्माता रहने फिल्ममा पूर्ण सेलिङको कार्यकारी निर्माण, कविता राई लिङ्देनको निर्माण व्यवस्थापन तथा सुदिता लिङ्देनको प्रस्तुति रहने छ । चलचित्रको छायाङ्कन कात्तिक दोस्रो हप्ताबाट सुरु हुने छ ।