• १३ साउन २०८१, आइतबार

नतिजामुखी सेवा र सुशासन : मन्त्री देवी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २२ गते ।सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीले इमानदार, प्रतिबद्व र नतिजामुखी भएर सेवा गर्दा मात्र मुुलुकले समृद्वि र सुशासन हासिल गर्ने बताउनुभएको छ । उहाँले निजामती कर्मचारीको नतिजामुखी प्रशासनमार्फत देश र जनताको सेवा गर्न ऊर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । 

निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै मन्त्री देवीले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मठ राष्ट्रसेवक सम्पूर्ण निजामतीमा नाराले निर्देशित गरे अनुसार नै सुशासन हासिल गर्दै देश र जनताको सेवामा लाग्न सबै कर्मचारीलाई आग्रह गर्नुभयो ।  

उहाँले भन्नुभयो, “स्थायी सरकारका रूपमा रहेको निजामती कर्मचारीको भूमिकाले मुलुकमा कुनै पनि राजनीतिक समस्या वा प्राकृतिक आपत्कालीन अवस्था वा सङ्कटकाल आइपर्दा सोको निकास वा समाधानमा कोसेढुङ्गाा प्रमाणित भई आएको अवस्थालाई बिर्सनुहुँदैन ।”  

कर्मचारीले राष्ट्रका हरेक नियमित र आवधिक क्रीयाकलापलाई कुशलतापूर्वक सम्पन्न गर्दै आएको योगदानलाई समेत स्मरण गर्दै उहाँले निजामती सेवाले आफ्नो स्थापनाकालदेखि आजसम्म विभिन्न आरोह अवरोह पार गर्दै आइरहेको स्मरण गर्नुभयो । विभन्नि प्राविधिक कारणले सङ्घीय निजामती सेवा ऐन आउन धेरै ढिलाइ भइसकेको स्वीकार गर्दै उहाँले हालै मन्त्रालयबाट सङ्घीय निजामती सेवा ऐनलाई अघि बढाई मन्त्रीपरिषद्को विधायन समितिमा छलफलका क्रममा रहेको जानकारी गराउनुभयो ।