• ७ माघ २०८२, बुधबार

गोरखाका दुई निर्वाचन क्षेत्रमा २७ जनाको मनोनयन दर्ता

blog

गुणबहादुर रोका 
सुलीकोट, माघ ७ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लाका दुई निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयभित्र दलहरु उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका थिए ।

जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र नम्बर १ मा हरिराज अधिकारी, नेपाली कांग्रेसबाट प्रेमकुमार खत्री, नेकपा एमालेबाट आरसी लामिछाने, रास्वापाबाट सुदन गुरुङ, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट गोपालबाबु श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट विष्णुप्रसाद रिजालले उम्मेदवार दर्ता गराएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै राष्ट्रिय प्रजान्त्र पार्टीबाट केदारमणि खनाल, नेशनल रिपब्लिक पार्टीबाट आकाश राना मगर, संयुक्त नागरिक पार्टीबाट जित बहादुर घले, मंगोल नेशनल अर्गानेजशन पार्टीबाट देवबहादुर थापा, उज्यालो नेपाल पार्टीबाट रामकाजी रानामगर, नेमकिप पार्टीबाट मनुकुमारी श्रेष्ठ र स्वतन्त्रबाट कबिता भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी, क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिष्ट पार्टीबाट लेखनाथ न्यौपाने, नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दबाडी, नेकपा एमालेबाट चक्रे मिलन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कबिन्द्र बुर्लाकोटी, आमजनता पार्टीबाट कल्पना कुमाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुलबहादुर बस्नेत, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट टेकबहादुर प्रधानले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट डा. बाबुराम भट्टराई, नेशनल रिपब्लिक पार्टीबाट प्रसाद गुरुङ, उज्यालो नेपाल पार्टीबाट बलराम तमाङ, नेपाल मजदुर किसान पार्टीबाट सोमबहादुर गुरुङ, स्वतन्त्रबाट हरि पोखरेल, अर्को स्वतन्त्रबाट चूडाप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।