१. ८३ औँ संस्करणको गोल्डेन ग्लोब्स अवार्ड, २०२६ मा म्युजिकल÷कमेडी विधातर्फ सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल चलचित्र कुन हो ?
वन ब्याटल आफ्टर अनदर
२. नेपालमा राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?
माघ १ गते
– विसं २०८२ को आदर्श वाक्य ः स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग
३. नेपालमा भूकम्प सुरक्षा दिवस कहिले मनाइन्छ ?
माघ २ गते
– विसं २०८२ (२८ औँ) को नारा ः सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’
– विसं १९९० माघ २ गतेका दिन २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेका दिनलाई भूकम्प सुरक्षा दिवसको रूपमा मनाउँदै आइएको ।
४. राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा हालै प्रकाशित तथ्याङ्क अनुसार नेपालको ग्रामीण क्षेत्रमा गरिबीको रेखामुनिको जनसङ्ख्या कति रहेको छ ?
२४.६६ प्रतिशत (सहरी क्षेत्रमा १८.३४ प्रतिशत)
– नेपालको औसत राष्ट्रिय गरिबी दर २०.२७
प्रतिशत रहेको ।
५. सरकारले ‘राष्ट्रिय रोजगार प्रवर्धन कार्यव्रmम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२’ कहिले स्वीकृत गरेको हो ?
विसं २०८२ पुस ३
– सरकारले प्रधानमन्त्री रोजगार कार्यव्रmम खारेज गर्ने निर्णय गरेको ।
– यसअघि सञ्चालनमा रहेको ‘प्रधानमन्त्री रोजगार कार्यव्रmम सञ्चालन निर्देशिका, २०७५’ खारेज भएको । २०७५ को निर्देशिका अन्तर्गत सञ्चालनमा आएका रोजगार व्यवस्थापन सूचना प्रणाली र हस्तान्तरण भएका विषय यसै निर्देशिका अन्तर्गत परेको मानिने
व्यवस्था गरिएको ।
– मन्त्रालयले पुस ३ गते मन्त्रीस्तरीय निर्णयबाट नयाँ निर्देशिका स्वीकृत गरी देशभरका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको ।
६. एसिला हेली कुन खेलसँग सम्बन्धित छन् ?
व्रिmकेट (अस्ट्रेलिया)
– पछिल्लो १० वर्षमा अस्ट्रेलियाको महिला व्रिmकेटमा उनले महìवपूर्ण भूमिका निर्वाह गरेकी ।
७. संयुक्त राष्ट्रसङ्घले सन् २०२६ मा विश्व अर्थतन्त्रको वृद्धिदर कति हुने प्रक्षेपण गरेको छ ?
२.७ प्रतिशत
– सन् २०२५ मा विश्व अर्थतन्त्रको वृद्धिदर २.५
प्रतिशत रहेको ।
– अमेरिकी शुल्क वृद्धि, आर्थिक अनिश्चितता र भूराजनीतिक तनावले विश्व आर्थिक वृद्धिको अनुमान घटेको बताइएको ।
– राष्ट्रसङ्घका अनुसार कोरोना महामारीअघि (२०१०–२०१९) को औसत विश्व आर्थिक वृद्धिदर ३.२
प्रतिशत रहेको ।
८. इरानमा चर्को मूल्यवृद्धिको विरोधमा आन्दोलनको सुरुवात कहिलेबाट भएको हो ?
सन् २०२५ डिसेम्बर २८
– सरकार विरोधी आन्दोलन चर्किंदै गएपछि सरकारले सन् २०२६ जनवरी ८ देखि देशभरका इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरेको । साथै इरानी सरकारले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको कारण १६ हजारभन्दा बढी प्रदर्शनकारीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका । उक्त प्रदर्शनमा तीन लाखभन्दा बढी प्रदर्शनकारी घाइते भएका ।
९. नेपालमा राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्रको स्थापना कहिले भएको हो ?
विसं २०८२ कात्तिक २४
– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एआई केन्द्र स्थापना गरिएको ।
– तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कात्तिक २४ गते मन्त्रालयभित्रै केन्द्रको उद्घाटन गरेका ।
– जेनजी आन्दोलनले उठाएको सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, नवप्रवर्तनलाई डिजिटल रूपान्तरणले मात्रै प्रभावकारी रूपमा समेट्ने भएकाले त्यसका लागि महìवपूर्ण एआईमा काम गर्न केन्द्र स्थापना गरेको जनाइएको ।
१०. राष्ट्रिय युवा सेवा कोषले २०८२ को अरनिको युवा कला पुरस्कार कसलाई प्रदान ग-यो ?
सुरेम देसार
– ललितपुर जिल्ला चापागाउँका देसार दुई दशकभन्दा बढी समयदेखि नेपाली आधुनिक चित्रकला कर्ममा सव्रिmय हुनुहुन्छ ।
– त्यस्तै कोषले नारायणगोपाल युवा सङ्गीत पुरस्कार गायिका रीता केसीलाई प्रदान गरेको ।
११. आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द राष्ट्रिय पुरस्कार २०८२ बाट कसलाई सम्मानित ग-यो ?
तिलविव्रmम नेम्वाङ (वैरागी काइँला)
– पुरस्कार राशि ः रु. एक लाख
– षडानन्द क्षेत्रीय पुरस्कार ः काशीनाथ तमोट (पुरस्कार राशि ः रु. ५१ हजार)
– पुरस्कार राशि ः रु. दुई लाख
१२. अरूण, तमोर र सुनकोशी नदीको संगमस्थलमा रहेको विशाल ढुङ्गालाई के नामले चिनिन्छ ?
खुवालुङ
– धनकुटा, भोजपुर र उदयपुरको सीमा क्षेत्रमा अवस्थित यो ढुङ्गा किराँत राई समुदायको सांस्कृतिक आस्थाको केन्द्र मानिन्छ ।
१३. मन्टेसरी शिक्षण विधिका सुरुवातकर्ता को हुन् ?
मारिया मन्टेसरी
– अवलोकन विधि ः सिम्पसन
– समस्या समाधान विधि ः जर्ज पोल्या
– घटना अध्ययन विधि ः फ्रेडरिक लि प्ले
– छलफल विधि ः प्लेटो
– प्रश्नोत्तर विधि ः सुकरात
– निगमन विधि ः अरस्तु
१४. एसिया कोअपरेसन डाइलग (एसिडी) को स्थापना कहिले गरिएको हो ?
सन् २००२ जुन १८
– नेपाल सन् २०१६ मार्च १० मा एसिडीको सदस्य बनेको ।
१५. नेपालको संविधानको इतिहासमा वर्तमान संविधान कति औँ संविधान हो ?
७ औँ
नेपालमा हालसम्म जारी भएका संविधान ः
क. नेपाल सरकार वैधानिक कानुन, २००४
– लागु मिति ः २००५ वैशाख १
ख. नेपालको अन्तरिम शासन विधान, २००७
– लागु मिति ः २००७ चैत २८
ग. नेपाल अधिराज्यको संविधान, २०१५
– लागु मिति ः २०१५ फागुन १
घ. नेपालको संविधान, २०१९
– लागु मिति ः २०१९ पुस १
ङ. नेपाल अधिराज्यको संविधान, २०४७
– लागु मिति ः २०४७ कात्तिक २३
च. नेपालको अन्तरिम संविधान, २०६३
– लागु मिति ः २०६३ माघ १
छ. नेपालको संविधान
– लागु मिति ः २०७२ असोज ३
१६. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले कुलपति राष्ट्रिय प्रवर्तन पुरस्कार २०८२ बाट कसलाई सम्मानित ग-यो ?
डा. वसन्त पन्त
– पुरस्कार राशि ः रु. दुई लाख
– २०४२ सालदेखि विभिन्न व्यक्ति÷संस्थालाई सम्मानित÷पुरस्कृत गर्दै आएको प्रतिष्ठानले विज्ञान, प्रविधि क्षेत्रमा प्रशंसनीय कार्य गरेका २८ जना व्यक्ति तथा संस्थालाई विभिन्न पुरस्कार, सम्मान र कदरपत्र प्रदान गरेको ।
– यो वर्ष विभिन्न १३ वटा विधामा पुरस्कार
प्रदान गरिएको ।
१७. आयुर्वेद कुन वेदको उपवेद हो ?
अथर्ववेद
– आयुर्वेद उपचार विधिमात्र नभएर मानव जीवनका खानपिन, आहारविहारलाई निर्दिष्ट गर्ने विज्ञान मानिन्छ, जसले मानव शरीर, मन र आत्मालाई स्वस्थ तथा सन्तुलन राख्न जोड दिन्छ ।
१८. संयुक्त राष्ट्रसङ्घीय लागुऔषधसम्बन्धी आयोगले गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट कहिले हटाएको हो ?
सन् २०२० डिसेम्बर २
१९. मुलुक बाहिर कृतिका लेखक लैनसिंह बाङदेल हुन् भने पर्खालभित्र र बाहिर कृतिका लेखक को हुन् ?
पारिजात
२०. दोस्रो डब्लुएचओ विश्वव्यापी परम्परागत औषधी शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
सन् २०२५ डिसेम्बर १७–१९, भारत
– सन् २०२३ मा आयोजित पहिलो शिखर सम्मेलनपछि हासिल गरिएका प्रगतिको समीक्षा गर्दै आगामी दशकका लागि विश्वव्यापी परम्परागत औषधी एजेन्डा तय गर्नु यस सम्मेलनको मुख्य उद्देश्य रहेको ।
– यस वर्षको सम्मेलनमा ७८ औँ विश्व स्वास्थ्य सभाले पारित गरेको ‘विश्वव्यापी परम्परागत औषधी रणनीति २०२५–२०३४’ लाई व्यावहारिक रूपमा अघि बढाउनेसम्बन्धी वैज्ञानिक, नीतिगत तथा प्राविधिक पहल प्रस्तुत गरिएको ।
प्रस्तुतकर्ता : टङ्क केसी