• ६ माघ २०८२, मङ्गलबार

सुनसरीको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता

blog

मनोनय दर्ता गराउनुहुँदै सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा भगवती चौधरी र सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, माघ ६ गते । सुनसरीको चारवटै निर्वाचन क्षेत्रमा उत्साहजनक रुपमा ९२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा पुरानो अनुहारसहित नयाँ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। 

जिल्लाबाट यसअघि निर्वाचित दुई जनासहित ९२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुनसरीको २ र ४ नम्बर क्षेत्रमा साँझ ७ बजेसम्म मनोनय दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा निवर्तमान प्रतिनिधि सभा सदस्य भगवती चौधरी र सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा पूर्व सूचना तथा संचार र अर्थमन्त्री एवं नेपाली कांग्रेसको नेता ज्ञानेन्द्रबहादुर कार्कीले मनोनयन दत्र्ता गराउनुभयो । 

प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेको तर्फबाट सुजन लामा, कांग्रेसको तर्फबाट राजीव कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट लालविक्रम थापा, जसपा नेपालबाट रामचन्द्र मेहता, नेपाली कम्युनिस्ट पार्टीबाट रामकुमारी चौधरी, नेपाल मजदुर किसान पार्टीको तर्फबाट गीता माया बजेगु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) कृष्ण कुमारी दनुवार, मंगोल नेशनल अर्गनाइजेसनका सन्तहिरा राई, राष्ट्रिय मुक्ती नेपालबाट सन्तोस मेहता, उज्यालो नेपाल पार्टीका गोपाल तामाङ, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का अतित नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार बस्नेतले उम्मेदवारी दर्ता भएको छ। 

त्यसैगरी स्वतन्त्रबाट सत्य नारायण पंडित इफतखार हसन (इकवाल), राज कुमार खत्री, भीमबहादुर दाहालसहित २४ जनाको उम्मेदवारी दर्ता भएकोछ । 

त्यसैगरी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसको नेता ज्ञानेन्द्र बहादुरकार्की, एमालेका जगदिश कुसियैत, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दिपककुमार साह, जनता समाजवादी पार्टी नेपालबाट सविता यादव, नेपाली कम्युनिस्ट पार्टीबाट महमद महफुज अंसारी, जनमत पार्टीबाट कपलेश्वर यादव, नेपाल मजदुर किसान पार्टीका तर्फबाट चन्चला इसुटु, आम जनता पार्टीका तवरेज आलम अंसारी, उज्यालो नेपाल पार्टीबाट बच्चालाल यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमप्रसाद भट्टराई, नेकपा माओवादी केन्द्रकाट भेषराज बजगाई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मो. सदिक मियाँसहितको उम्मेदवारी दर्ता भएको छ । 

त्यसैगरी सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको नेता विजयकुमार गच्छदार, एमालेबाट भगवती चौधरी, नेकपाबाट दुर्गेश चौधरी, रास्वपाबाट असोककुमार चौधरी, आम आदमी पार्टीबाट रोहन साह, नेमकिपाबाट प्रकृति बासी, समावेसी समाजवादी पार्टीबाट किशोरकुमार विश्वाश, नेकपा माओवादीबाट आशुतोष ढुगेंल, श्रम संस्कृति पार्टीबाट रामप्रसाद साह, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट प्रमोद पौडेललगायतको उम्मेदवारी परेको निर्वाचन अधिकृत पदम बहादुर कार्कीले जनाकारी दिनुभएको छ।