• ११ मंसिर २०८१, मङ्गलबार

बिपी साहित्य महोत्सव सम्बन्धमा सोमबार पत्रकार सम्मेलन

blog

फाइल तस्बिर

काठमाडौं, भदौ १७ गते। नेपाली कांग्रेसले भदौ २४, २५ र २६ गते आयोजना हुने बिपी साहित्य महोत्सवको तयारी सम्बन्धमा सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएको छ। 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार यसका लागि महोत्सव तयारीका संयोजक सहमहामन्त्री बद्री पाण्डेको अध्यक्षतामा आइतबार सचिवालय र तयारी समितिको बैठक बसेको जानकारी दिनुभयो। 

उहाँका अनुसार बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले महोत्सवको समग्र उद्देश्य, महत्त्व र विस्तृत कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको छ। 

उहाँले सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माको अध्यक्षतामा महोत्सवलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो।