• २० वैशाख २०८१, बिहिबार

मोतीरामबारे नयाँ सन्दर्भ

blog

मोतीराम भट्टको जन्म विसं १९२३ भाद्र कृष्ण औँसीका दिन काठमाडौँको भोसिको टोलमा भएको थियो । हाल भोसिको टोल काठमाडौँको वीर अस्पतालदेखि दक्षिण र टुँडिखेलबाट पश्चिममा रहेको छ । भारतको उत्तराखण्डको कुमाउ क्षेत्रमा बडाखोला भन्ने गाउँबाट केही बाहुन परिवार एकीकरण अगाडि हिमालयको पूर्वी भागमा रहेको पाल्पा र तनहुँमा बसाइँ सरेर आए । विजयराज पण्डित (पाण्डे) काश्यप गोत्रका थिए । उनका दुई दिदीबहिनीको विवाह काश्यप गोत्रीय पाण्डे र गौतम गोत्रीय पाण्डेसँग भएको थियो । विजयराजका भानिज रमानन्द पाण्डेकी छोरी रिपुमर्दिनीको विवाह दयाराम भट्टसँग भएको थियो जो मोतीराम भट्टका पिता थिए ।

विजयराजको बहिनीको विवाह गौतम गोत्रीय पाण्डेसँग भएको थियो र उनका नाति नरदेव पाण्डे थिए, जो मोतीरामका मामा पर्दथे र उनको जीवनीका लेखक थिए । विजयराजका पनाति हेमराज थिए र नाताले मोतीरामका भाइ पर्दथे । यी पत्रहरूमा आफ्ना भाइ पर्ने भए पनि मोतीरामले हेमराजलाई सम्मानजनक सम्बोधन गरेका छन्, जुन सायद तत्काल गुरुज्यू परिवारका सदस्य भएर होला ।

मोतीरामले हेमराजलाई लेखेका तीन पत्र भेटिएका छन् । पहिलो पत्र संवत् १९५१ वैशाखमा बनारसबाट लेखिएको छ । यो पद्यमा छ र यसका लेखक भवदत्त, मोतीराम, गजवीर, बखतमान ज्यापु र देवदास शर्मा छन् । यो पत्र मोतीरामको हस्ताक्षरमा लेखिएको छ । हेमराजले बनारसबाट पुस्तक पनि मगाएकोमा पठाएको कुरा पनि लेखिएको छ । यी दुवै पत्र गोरखापत्रमा छापिएका थिए । सबभन्दा महìवपूर्ण पत्र तेस्रो छ । सो पत्र मोतीरामले हेमराजलाई १९५१ साल साउनमा कलकत्ताबाट लेखेका छन् । बनारसबाट कलकत्तामा गएछन् र त्यहाँ रिपन कलेजमा भर्ना भएर तेस्रो श्रेणीमा एफ्.ए. परीक्षा पास गरेछन् । त्यसबेला उनको आर्थिक स्थिति राम्रो रहेनछ । आपूm बनारसबाट कसैलाई नसोधी कलकत्ता आउने काम ‘नालायकी’ भएको र कलेजको फी प्रतिमहिना रु. ३।– परेको र “हजुरहरूको मानिस भएकाले भोको नपरेको” कुरा लेखेका छन् । “पढ्ने पुस्तकमध्ये आधा पुस्तक जम्मा गरेको र भाँडाकुँडा पनि बालागिरीमा लिएको कुरा लेखेका छन् । यो पत्र लेखेको दुई वर्षपछि उनी काठमाडौँ फर्के । १९५३ साल भदौमा र त्यहीँ उनी दिवङ्गत भए ।

मोतीराम भट्टको सबभन्दा महìवपूर्ण योगदान उनले भानुभक्तलाई आदिकवि भन्ने पदवी दिएका थिए । भानुभक्त युवक हुन्जेलसम्म भानुभक्त दिवङ्गत भइसकेका थिए । उनीबारे विभिन्न व्यक्तिलाई भेट गरी मोतीरामले उनको जीवनी लेख्न सामग्री जुटाए । यसरी भेटघाट भएका व्यक्तिमध्ये भानुभक्तका छोरा रमानाथ पनि थिए ।

मोतीराम भट्टको सबभन्दा नाम चलेको रचना भानुभक्तको जीवनी नै हो । उनी नेपाली भाषाको पहिलो जीवनीकार हुन् । उनी नाटककार पनि हुन् र उनले प्रियदर्शिका पद्मावती र शकुन्तला नाटक पनि लेखेका थिए । 

वि.सं. १९५० तिर युवाकवि मोतीराम भट्ट तिसवर्षे जीवनको अन्त्यतिर पुग्न लागेका थिए । उनका कवि मण्डलीका एक सदस्य राजीवलोचन जोशी थिए, जसलाई उनले कविशिरोमणिको उपाधि दिएका थिए । मोती मण्डलीका अनेक कवि काठमाडौँमा बस्दथे । केहीका पुर्खा एकीकरणका सुरुका वर्षमा पृथ्वीनारायण शाहसँगै काठमाडौँमा आएका थिए भने अरू एकीकरणका केही दशकपछि ।

तनहुँ चुँदी रम्घाका भानुभक्त रामायणको रचना गरी दिवङ्गत भइसकेका थिए । उनको जीवनी मोतीरामले लेखी प्रकाश गराइसकेका थिए । त्यसबेला मोतीरामका कवि मण्डलीका अनेक कविहरू जीवित नै थिए । मोतीराम भोसिको टोलमा बस्थे । राजीवलोचन मरुटोलमा बस्दथे, जुन हनुमानढोका राजदरबारको दक्षिणतिर रहेको छ । दरबारको पूर्वतिर फसिकेव छ त्यहाँ ‘छापाखाने’ हरूमध्ये नरदेव पाण्डे बस्थे, जो आपैmँ कवि पनि थिए र पछि मोतीरामकै जीवनीकार पनि भए । उनी गौतम गोत्रका पाण्डे थिए । मोतीरामकी आमा रिपुमर्दिनी भने कश्यप गोत्रीय पाण्डे रामनन्दकी छोरी थिइन् ।

वि.सं. १९०३ मा बडागुरुज्यू भएका विजयराज पण्डित काश्यप गोत्रीय पाण्डे थिए । उनी मोतीरामकी आमाका मामा पर्दथे । उनको घर दरबार र टुँडिखेलको बिच पोखल्उयाङ भन्ने ठाउँमा थियो । विजयराजका पनाति हेमराज मेरा पितामह थिए । वि.सं. १९४४ सम्म त्यही घरमा बस्दथे, जुन भोसिको टोलको एकदम नजिक थियो । वि.संं. १९४४ मा ढोकाटोलको घर हेमराजका पिता लोकराजले पाएपछि हेमराज त्यहाँ सरेका थिए । हेमराज आफ्नो समयको नेपालको ठुलो पुस्तकालयको सङ्ग्रह गरेका थिए । उनले मोतीरामको हातबाट काशीबाट पुस्तक पनि झिकाएका थिए । आपूmलाई नेपाली भाषा सेवाको प्रेरणा मोतीरामबाट पाएको कुरा ईश्वर बराललाई भनेका थिए । उनीबाटै नेपाली भाषाको पहिलो मान्यता प्राप्त व्याकरणको रचना भएको थियो, जुन अभैm कायम छ । खड्गदत्त पाण्डे जसको विवाहमा रत्यौली खेलेको सुनेर मोतीरामले नेपालीमा कविता लेख्न प्रेरणा पाए । उनले विजयराजका भतिजा वामेदेवकी छोरी विवाह गरेका थिए । यसरी मोतीरामसँग चार बेग्लाबेग्लै गोत्र भएका पाण्डेहरूसँग सम्पर्क थियो । काश्यप, कश्यप, गौतम र भारद्वाज । मोती मण्डलीको अर्का सदस्य गोपीनाथ लोहनी हेमराजका बहिनी ज्वाइँ थिए ।

वि.सं. १९६९ मा सङ्गीत चन्द्रोदय निस्क्यो । त्यसका सम्पादक गोपीनाथ लोहनी र दुर्गादेव पाण्डे थिए, जो नरदेवका काहिँला भाइ थिए । उनलाई काहिँला बाजे पनि भन्दथे । राजीवलोचनको समेत रचना भने यसमा समावेश भएको देखिँदैन (सङ्गीत चन्द्रोदय) । हेमराजको ढोकाटोलमा रहेको निजी प्रेसमा छापिएको थियो, जुन प्रेसमा व्याकरण चन्द्रिका पनि छापिएको थियो, दुवैमा कागत र अक्षर उस्तै छ । त्यस ताकासम्म नेपाली पत्रिकामध्ये जेठो सुधासागर निस्केपछि गोरखापत्र पनि निस्कियो । यो पुस्तकका प्रकाशक गोपीनाथ लोहनी र दुर्गादेव पाण्डे थिए र यसको प्रकाशन ढोकाटोलमा रहेको हेमराजकै प्रेसमा थियो । वि.सं. २०१० मा हेमराज दिवङ्गत भएपछि सो प्रेस तत्काल नेपाली राष्ट्रिय कांग्रेसका नेता डिल्लीरमण रेग्मीले आफ्नो पार्टीको बुलेटिन निकाल्न अन्यत्र लगेका थिए, हेमराजका छोराहरूलाई फिर्ता गरेनन् । 

सङ्गीत चन्द्रोदयमा नेपाली मात्र नभई नेपाल भाषा (नेवारी) का कविता पनि समावेश भएका थिए । सो समावेशी भएको कुरा एक शताब्दीपछि पनि सान्दर्भिक भएको छ ।

राजीवलोचनको सेरोफेरोमा राष्ट्रिय विभूति मोतीराम भई नेपाली भाषाका पहिलो जीवनीकार हुन्छन्, मोतीरामका जीवनीकार नरदेव पाण्डे गोरखापत्रको सम्पादनमा पनि सहभागी हुन्छन् । नेपाली भाषाको अभैmसम्म मान्यता प्राप्त व्याकरणको रचना हुन्छ र त्यसबेलासम्म नेपाली भाषाको सबभन्दा धेरै पुस्तक भएको पुस्तकालय बन्छ, मोतीरामको प्रेरणाबाट । कवि अमजद हुसेनका कविता पनि सङ्गीत चन्द्रोदयमा राखेका थिए, जो मुस्लिम थिए ।

राजीवलोचन संलग्न भएको मण्डली जसलाई शरदचन्द्र शर्मा भट्टराईले मोतीराम भट्टका संसर्गीकवि भनेका छन् । मोतीरामको कविमण्डली, हेमराज शर्माको पुस्तकालय र नेपाली भाषाको व्याकरण यी सबै एकअर्कासँग सम्बन्धित छन् । नेपाली भाषाका अहिले मोतीरामको देन, नेपालीको अहिलेसम्म मान्यता प्राप्त व्याकरण, राणा शासनकालमा ठुलो पुस्तकालयको सङ्ग्रहलाई यही सिलसिलामा लिन सकिन्छ । आफ्नो पुस्तक सङ्कलन भएको समयमा यो नेपाली भाषाको सबभन्दा ठुलो पुस्तकालय थियो । हेमराजले आफ्नो पुस्तकालयको निमित्त पुस्तक सङ्कलन गर्दा बनारसबाट मोतीरामको हातबाट पुस्तक झिकाउने कुरा मोतीरामले त्यहाँबाट काठमाडौँ पठाएको पत्रबाट जान्न सकिन्छ । मोतीरामले पनिको ‘नी’ दीर्घ लेख्दा रहेछन् ।

२००९ सालमा ईश्वर बराल हेमराजसँग भेट्न घरमा आउँदा मेरो उमेर ९ वर्षको थियो, म त्यहीँ थिएँ । त्यसबेला मोतीरामका बारेमा कुरा भएको मैले सम्झेको छु । आपूmलाई नेपाली भाषाको चन्द्रिका लेख्नसमेत मोतीरामले प्रेरणा दिएको हुन सक्छ । १९७१–७५ सालसम्मको पहिलो विश्वयुद्ध हुँदा चन्द्रशमशेरले खटाएर जङ्गी अड्डामा काम गरेको बारे हेमराजले आफ्नै हस्ताक्षरमा लेखेको पाण्डुलिपि पाइयो र हेमराज पुरस्कार गुठीले पुस्तक छपाएर प्रकाशन गरेको छ ।

नेपाली भाषामा समालोचना लेख्ने यदुनाथ खनाल र ठाकुर पराजुलीले हेमराजले नेपालीमा अन्य कुनै ग्रन्थ नलेखेकाले नेपालीको व्याकरण चन्द्रिकामा सोमनाथको पनि योगदान भएको कुरा लेखेका छन् । सो ग्रन्थ उनी आपैmँले लेखेका देखिन्छ । यदुनाथ खनाल र ठाकुर पराजुलीलाई सो थाहा नभएर अथवा थाहा भए पनि नभएको जस्तो गरी लेखेका छन् । हेमराजलाई कवितामा पत्र लेखे भैmँ मोतीरामले पद्मविलास पन्तलाई पनि कवितामै पत्र लेख्दा रहेछन् । वि.सं. १९४५ मा लेखेको पत्रको व्यहोरा यस्तो छ ।

“पण्डित पद्मविलास पन्त कवि छन् शृङ्गारभावेश छन्

शृङ्गारादी सरस अनेक कविता भाषामहाँ रच्दछन्

मेरा ती हृदय समान कहिन्या यिनै फगत दोस्त छन्

साथीमा चतुरा कुरा अति खरा गर्छन् र मन हर्दछन् ।

भारतेन्दु हरिश्चन्द्रको समयमा उन्नाइसौँ शताब्दीमा उत्तर भारतको सबभन्दा महìवपूर्ण उर्दु अथवा हिन्दुस्तानी थियो । यो फारसी–अरबी लिपिमा लेखिन्थ्यो ।

औरङ्गजेवदेखि अन्तिम मुगलबहादुर शाह जफरको समयमा उर्दु भाषालाई केही हदसम्म राज्यको संरक्षण पनि प्राप्त भयो र सरकारी कामकाजको भाषासमेत फारसी र उर्दु हुन पुग्यो । सन् १९४७ मा भारतको विभाजन नभएको भए उर्दु अथवा हिन्दुस्तानी नै भारतको राष्ट्रभाषा हुन्थ्यो होला । 

दिल्लीको आसपास पश्चिमी उत्तर प्रदेशको मेरठ जस्ता ठाउँमा बोलिने ‘खडी बोली’ भए पनि देवनागरी लिपिमा बनारसको वरिपरिको ग्रामीण इलाका बोलिने भाषिका अभैm पनि ‘भोजपुरी’ छ । नेपालको वीरगञ्जमा पनि अहिले भारतको राष्ट्रभाषा हिन्दी छ । यसै गरी नेपालको राष्ट्रभाषा र सरकारी कामकाजको भाषा नेपाली हुनुमा मोतीरामको पनि केही योगदान छ । मोतीरामले नेपालको एक विभूतिको रूपमा समेत मान्यता पाइसकेका छन् । उनको सबभन्दा प्रसिद्ध कृति भानुभक्तको जीवनी लेख्नु हो । यसको अतिरिक्त उनले भानुभक्तको रामायणको सम्पादन गरेर सो कृति प्रकाशित भइसकेपछि बेलायतको लन्डनको पुस्तकालयमा समेत पठाएका थिए । यस कारण उनी ‘आधुनिक’ लेखक र समालोचक भनी मानिन योग्य छन् । मोतीराम वि.सं. १९५३ मा बनारसबाट नेपाल फर्के । उनको स्वास्थ्य ठिक रहेन । त्यसबेला उनलाई विषमज्वर (टाइफाइड) भएको समेत आशङ्का गरिएको थियो । त्यसताका नेपालमा टाइफाइडको राम्रो उपचार हुँदैन थियो । 

सिफलिस जस्ता रोगको तत्काल औषधी उपलब्ध भइसकेको थिएन । उनी बनारसमा आफ्नो परिवारसँगै नभई एक्लै बसेका थिए । उनी कलकत्तामा रिपन कलेजमा अध्ययन गर्न बस्दा पनि एक्लै बसेका थिए । बनारसमा बस्दाखेरीको जस्तो त्यहाँ उनका धेरै साथी इष्टमित्र पनि थिएनन् । उनलाई त्यहीँ कुनै रोग लागेको हुन सक्छ । तसर्थ नेपाल फर्कने बेलासम्म उनी बिसन्चो भइसकेका जस्ता देखिन्छन् ।

बिरामी भई साह्रो भइसकेपछि उनलाई पशुपतिनाथ घाटमा लगियो । त्यहीँ तीस वर्षको उमेरमा कुशेऔँशीकै दिनमा दिवङ्गत भए । 

मोतीरामका सबै पुस्तकहरू उनले आग्रह गरे बमोजिम उनकी आमाले उनका मित्र मरिचमान सिंहको हातमा उनी अध्ययन गरिरहेका दरबार स्कुलमा पठाइन् । उनकी आमा र विधवा पत्नी त्यसबेला जीवितै थिए । उनका कोही सन्तान भने थिएनन् । 

परिशिष्ट (क)

मोतीराम भट्टको हस्ताक्षर

परिशिष्ट (ख)

मोतीराम भट्टको वंशवृक्ष

दत्तराम

मणिराम

दयाराम (वि.सं. १८९८–१९५९)

परिशिष्ट (ग)

पुख्र्यौली हा“गाबिँगा

नागेश्वर

परिशिष्ट (घ)

मोतीराम भट्टको तीन पत्र र मेरो व्याख्या

(यसमा मोतीरामले बनारसबाट दुईवटा तथा कलकत्ताबाट पठाएको एउटा पत्रको फोटोकपी राखिएको छ ।)