• १३ असोज २०८१, आइतबार

आँखा पाकेका विद्यार्थीलाई घरमै आरामको व्यवस्था गर्न महानगरको आग्रह

blog

काठमाडौं, साउन ३१ गते । काठमाडौँ महानगरपालिकाले आँखा पाकेका विद्यार्थीलाई घरमा आरामको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

महानगरको शिक्षा विभाग प्रमुख सीताराम अधिकारीका अनुसार विद्यार्थीमा आँखा पाक्ने सरुवा रोगको समस्याका कारण विद्यालय सञ्चालनमा समस्या भएको जानकारी विभिन्न सरोकारवाला निकायबाट प्राप्त भएको जानकारी दिनुभयो ।

उहाँले यो सरुवा रोग भएकोले रोकथामका लागि सरसफाइमा ध्यान दिनुका साथै आँखा पाकेका विद्यार्थीलाई घरमा नै आराम गर्न लगाउने र पठनपाठन छुटेका विद्यार्थीका लागि पछि थप कक्षाको व्यवस्था गर्न आग्रह गर्नुभयो ।