• २२ पुस २०८१, सोमबार

कांग्रेस संसदीय दलको बैठक सुरु, संसद अवरोधबारे छलफल हुने

blog

बानेश्वरस्थित संसद् भवनमा सुरु भएको कांग्रेस संसदीय दलको बैठक । तस्बिर केशब गुरुङ

काठमाडौं, साउन २६ गते । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित संसद् भवनमा सुरु भएको कांग्रेस संसदीय दलको बैठकमा संसद् निरन्तर अवरुद्ध भएको र यस्तो अवस्थमा प्रभावकारी भूमिका निर्वाह गर्ने सम्बन्धमा छलफल हुने बताइएको  छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेकपा (एमाले) ले संसद् निरन्तर अवरोध गरिरहेकाले संसदीय व्यवस्थाको खिलापमा नै जान लागेको हो कि भन्ने शङ्का उत्पन्न भएको बताउनुभयो ।


उहाँले भन्नुभयो, “नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अनाहकमा संसद् अवरोध गरिरहेको छ । यो संसदीय व्यवस्थाको खिलापमा नै जान लागेको हो कि भन्ने शङ्का भएको छ ।” उहाँले संसदमा पेश गर्नुपर्ने महत्त्वपूर्ण विधेयकको सम्बन्धमा छलफल हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताका अत्यन्त महत्त्वपूर्ण विधेयक छन् पार्लियामेन्टमा पेश गर्ने । शिक्षा ऐन, निजामती सेवा, प्रहरीसम्बन्धी जो जनताको जनजीविकादेखि महत्त्वपूर्ण अर्थ राख्ने ।” उहाँका अनुसार यसलगायत आर्थिक वर्ष २०८०/८१ को पारित बजेट प्रभावकारी कार्यान्वयन सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।