• ७ जेठ २०८१, सोमबार

मण्डलामा ‘युद्धका घाउहरू’

blog

काठमाडौँ, साउन २० गते । मण्डला थिएटरमा नाटक ‘युद्धका घाउहरू’ को मञ्चन सुरु भएको छ। अन्जान प्रदीपद्वारा लेखन तथा निर्देशन रहेको नाटकमा द्वन्द्वकालका भोगिएका चोटको कथालाई प्रस्तुत गरिएको छ। नाटकको कथामा सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता, हत्या, विस्थापित, यातना, अपाङ्गता, यौन हिंसाको घटनामा परेकालाई स्मरण गरिएको छ। 

नाटक १० वर्षे सशस्त्र द्वन्द्वमा जबरजस्ती बेपत्ता, यौनिक हिंसा, विस्थापन, अङ्गभङ्ग तथा शारीरिक यातना आदि माथि केन्द्रित छ। नाटकलाई मण्डला ड्रामा स्कुलबाट दीक्षित पहिलो ब्याचका विद्यार्थीले तयार पारेका हुन्।

मञ्चमा आदित्य मिश्रा, आकाश नेपाली, अनिल कुर्मी, निरज बाबु, सञ्जय विश्वकर्मा, सरिता कठायत सुमित्रा पेहिम, सुस्मिता पोख्रेलको अभिनय देख्न सकिन्छ। नाटकमा रङ वेशभूषा सरिता कठायत, ग्राफिक्स र मञ्च व्यवस्थापक अनिल कुर्मी, पोस्टर कला सरिता कठायत, प्रकाश उमेश तामाङ, मञ्च सामग्री आदित्य मिश्राको छ। नाटक २४ जुलाई, २०२३ मा एकेडेमिक थेस्पियन्स् थिएटर फेस्टिभल कोलम्बोमा मञ्चन गरिएको थियो। नाटक साउन २१ गतेसम्म मञ्चन हुने छ।