बर्दिबास समाचारदाता
बर्दिबास, साउन ११ गते । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएपछि बर्दिबास असपताल तनावपूर्ण बनेको छ । चिकित्सक ढिलो गरी आएको र आए पनि उपचारमा लापरबाही गरेका कारण बर्दिबास–१४ का ३७ वर्षीय बिरामी उमेशकुमार महतोको मृत्यु भएको पीडित पक्षको आरोप छ ।
मृतक परिवारका अनुसार चिकित्सकले बेवास्ता गरेपछि गम्भीर अवस्थाका महतोलाई काठमाडौँ लैजाँदै गर्दा बाटोमा पर्ने चियाबारी नजिक मृत्यु भएपछि परिवारजन आक्रोशमा छन् । पीडित पक्षले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग राखेर बिहान १० बजेदेखि अस्पताल परिसरमा विरोध कार्यव्रmम गरेका छन् । अवस्था गम्भीर हँुदै गएपछि अस्पताल परिसरलाई सशस्त्र र नेपाल प्रहरीले सुरक्षा घेरामा लिएको छ ।
मृतकका दाजु ललित महतोका अनुसार घटना साउन ४ गतेको हो । रातिको समय भाइ उमेशले छाती दुख्यो भनेपछि आफैँले मोटरसाइकलमा राखेर राति ११ बजेरतिर बर्दिबास अस्पतालको आकस्मिक कक्षमा पु¥याइएको थियो तर डाक्टर भने साउन ५ गते बिहान डेढ बजेपछि मात्र आएको उहाँको आरोप छ । सुरुमा ललितले डियुटीमा रहेकी एक जना महिला स्टाफलाई भाइको छाति दुखेको जनाएपछि उहाँले पटक पटक फोन गर्दा मिथिलेस नामको एक स्टाफले दुई वटा इन्जेक्सन लगाएको ललितको भनाइ छ । त्यसमध्ये एउटा इन्जेक्सन बहिरबाट किनेर ल्याउनुपरेको थियो । सोही बेला अस्पतालले इसिजी गरेर रिपोर्ट आए पनि मुटु रोग लागेकोबारे आफूलाई जानकारी नदिएको उहाँको दुःखेसो छ ।
“मेरो भाइलाई असहज हँुदै गयो । रातिको एक डेढ बजेतिर थुनुवाको मेडिकल गराउन प्रहरी भ्यान आयो । प्रहरीले खबर गरेपछि बल्ल डाक्टर आउनुभयो तर मेरो भाइलाई बेवास्ता गर्नुभयो । मैले आग्रह गर्दा डाक्टरले ब्लड टेस्ट गराउन भन्नुभयो,” ललितले भन्नुभयो, “अस्पतालको काउन्टरले अहिले पैसा बुझ्ने तर ब्लड टेस्ट भोलि मात्र हुन्छ भनेपछि मैले भाइलाई तत्कालै काठमाडौँ लाने व्यवस्था गरे ।
बाटोमै मेरो भाइको प्राण गयो, यो अस्पताल र चिकित्सकको लापरबाही हो कि हैन ?” मेडिकल सुपरिन्टेन्डेन्ट कृष्णा महर्जनले भने आरोप निराधार भएको बताउनुभयो । अस्पतालको रेकर्ड अनुसार ५ गते बिहान १ः०५ मिनेटमा महतो आकस्मिक कक्षमा भर्ना भएको देखिन्छ । जाँचका व्रmममा महतोको प्रेसर, पल्स, श्वासप्रश्वास, अक्सिजनको मात्रा सबै ठिक देखिएको थियो तर छाती दुःखेको, सुगरको पुरानो बिरामी, समयमा औषधी नखाएको अवस्थाले पनि स्वास्थ्य समस्या बढेको उहाँले बताउनुभयो । “महतोलाई दुखाइ कम गर्ने पेन्ट्रोप्राजोल र बुस्कोपान इन्जेक्सन दिनुका साथै इसिजी पनि ग-यौ,” डा. अमात्यले भन्नुभयो, “इसिजीमा केही शङ्का भयो र कन्फर्म गर्न ‘कारडियाक इन्जाइम’ गर्नुपर्छ भन्दा अस्पतालबाट जानुभयो । कन्फरमेसन टेस्ट नै नगरी गएपछि हाम्रो के दोष ?”
घटनाले गम्भीर मोड लिएपछि नगर प्रमुख प्रह्लाद क्षेत्री स्वयम् अस्पताल पुगेर पीडित पक्षसँग छलफल र परामर्शमा जुट्नुभएको थियो । उहाँले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र पीडित पक्षलाई न्याय दिलाउने प्रतिबद्धता जाहेर गरेपछि विवाद साम्य भएको थियो ।