• १९ असार २०८१, बुधबार

टिआरसी विधेयकमाथि छलफल गर्न बनेको उपसमितिको म्याद १५ दिन थपियो

blog

काठमाडौं, साउन ५ गते । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी टुङ्ग्याउन बनेको ११ सदस्यीय उपसमितिको म्याद १५ दिन थप गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले १५ दिन उपसमितिको म्याद थप गरेको हो । बैठकपछि निर्णय सुनाउँदै समितिका ज्येष्ठ सदस्य सभापति मङ्गलप्रसाद गुप्ताले उपसमितिको म्याद १५ थप गरेको बताउनुभयो ।

उहाँले जुम्लामा भएको घटनाका सम्बन्धमा छलफल गर्न आगामी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई आगामी समितिको बैठकमा उपस्थित हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘समितिको आजको बैठकले उपसमितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको छ । जुम्लामा भएको घटनाका सम्बन्धमा छलफल गर्न मान्य कानुनमन्त्रीज्युलाई समितिको आगामी बैठकमा आमन्त्रित गर्ने प्रस्ताव पेस गर्दछु ।’’

समितिले कानुनमन्त्री गुरुङले समितिको बैठकमा अभिव्यक्त गर्नुभएका कुरालाई आधार मानेर आगामी बैठकमा थप निर्णय लिने बताउनुभयो ।