कन्हैयालाल केशरी
पर्सा, साउन ३ गते । बीरगन्ज महानगरपालिकाबाट बितरण हुने छात्रबृति दिलाइ दिने भन्दै ठगी गर्ने मोदी इन्स्टिच्यृट एन्ड ट्रे्निङ सेन्टरका सञ्चालक राहुलकुमार मोदी पक्राउ परेका छन् । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको बीरगन्ज महानगरपालिकाले जनाएको छ ।
नगर प्रमुख राजेशमान सिंहले बीरगन्ज महानगरपालिका –६ स्थित मोदी इन्स्टिच्युट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक मोदीले बिभिन्न बिद्यालयमा अध्यनरत्त बिद्यार्थीलार्ई महानगरपालिकाबाट बितरण हुने छात्रबृत्ति उपलबध गराइदिने भन्दै रकम असुल गरेको प्रमाण फेला परेको महानगरको भनाइ छ । पैसा माँग गरेको अडियो प्रमाण फेला परेपछि कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रमुख सिंहले बताउनुभयो ।
नगर प्रमुख सिंहले अनुसन्धानको क्रममा र सोधपुक्ष गर्दा सञ्चालक राहुल भारतीय नागरिक रहेको खुलेको र सो ट्रेनिङ सेन्टर रौतहट गौरकी पूजा पटेलको नाममा दर्ता रहेको खुलेपछि महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको टालीले सिलबन्दी गरेको छ ।
यस्तै, एक पीडितले राहुल बीरगन्जस्थित भारतीय महाबाणिज्य दुतावासमा आफनो पहुच रहेकाले दुतावासबाट बितरण हुने छात्रबृत्तिसमेत उपलब्ध गराइदिने भनी ठगी गरेको बताएका छन् ।