• ११ मंसिर २०८१, मङ्गलबार

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने पक्राउ

blog

काठमाडौं, असार २८ गते । नेपाली नागरिकलाई भुटानी शरणार्थी बना  अमेरिका पठाउने भन्दै प्रलोभनमा पार्ने केशव तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने समूहका तुलाधरले जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिलाई ठगी गर्ने कार्यमा संलग्न रहेको जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिका–३ का ५९ वर्षीय तुलाधरलाई बुधबार काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरी ठगी तथा सङ्गठित अपराधसमेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।