• ८ असार २०८१, शनिबार

ड्रागन बोट रेस फेस्टिभल’का अभ्यास गरिँदै

blog

दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा चीनको चार र नेपाली चार गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । तस्बिर : कृष्ण दवाडी/रासस

कास्की, असार ७ गते । नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यका साथ पोखरामा नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’ अभ्यास गरिएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा यही असार ८ र ९ गते पोखरामा हुने नेपाल—चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’का लागि आज (बिहीबार) फेवातालमा अभ्यास गरिएको हो ।

दक्षिण एसियामै पहिलो पटक आयोजना गरिएको बोट रेसमा चीनको चार र नेपाली चार गरी आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।