राधा लुइटेल
फिदिम, असार ७ गते । पाँचथरमा असार २ गतेदेखि आएको वर्षाका कारण बाढी र पहिरोमा परी विस्थापित हुनेको सङ्ख्या बढेको छ । बिहीबार मध्यान्हसम्म विस्थापितको सङ्ख्या पाँच सय ३६ पुगेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।
जिल्लाको फिदिम नगरपालिकासँगै याङवरक हिलिहाङ र फालेलुङ गाउँपालिकाका मा एक सय ३६ घर बाट नागरिक विस्थापित भएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिनुभयो।
यस्तै, असार ३ गते मध्यरातमा आएको बाढीका कारण जिल्लामा हालसम्म तीन जनाले ज्यान गुमाएको छ भने तीन जना बेपत्ता छन् । पहिरोका कारण जिल्लाका विभिन्न पुलमा लगाएका १५ वटा पुलमा क्षति पुग्नका साथै ५ वटा जल विद्युत् कम्पनीमा बिजुली उत्पादन ठप्प भएको छ ।
बाढीले हेवा र तमोर खोलाका पुल बगेका कारण राहत र उद्धारमा समेत कठिनाइ भइरहेको छ ।