• १२ मंसिर २०८१, बुधबार

१७ जिल्लाका एक हजारमा दादुरा पुष्टि

blog

सांकेतिक तस्बिर

काठमाडौं, असार ३ गते। पछिल्लो समय दादुराका बिरामी पुष्टि हुनेको संख्या बढ्दो छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दादुराको प्रकोप  हालसम्म १७ जिल्लामा फैलिसकेको छ।

परिवार कल्याण महाशाखाका अनुसार मोरङ,सुनसरी, धनुषा, महोत्ररी, सर्लाही, चितवन,काठमाडौं, कपिलवस्तु ,अर्धाखाँची, दाङ, बाँके, सुर्खेत, कालिकोट, कैलाली कञ्चनपुर र बाजुरा गरेर प्रकोप १७ जिल्लामा फैलिएको हो। 

सन् २०२१ देखि सुरु भएको दादुराको प्रकोपबाट एक जनाको मृत्यु हुनुका साथै एक हजार २१ जनामा दादुरा पुष्टि भैसकेको छ।  सरकारले प्रकोप जिल्लामा हालसम्म दुई लाख १५ हजार ५४ जनालाई दादुराको खोप लगाएको छ। 

चिकित्सकका अनुसार दादुरा निकै छिटो सर्ने सरुवा रोग हो। दादुरा रोग कोभिड–१९ भन्दा पनि तीव्र गतिमा फैलिने र यसको मृत्युदर पनि उच्च रहेको छ। एक जना दादुरा सङ्क्रमितले १८ जनालाई रोग सार्ने सम्भावना हुन्छ। यो रोग विशेष गरी पाँच वर्ष मुनिका बालबालिकालाई धेरै लाग्ने गर्छ।