• ५ वैशाख २०८१, बुधबार

भदौ १४ बाट ‘गणपति’

blog

काठमाडौँ, जेठ ३२ गते । चलचित्र ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुने भएको छ । सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको ‘गणपति’ को लक्ष्मण रिजाल निर्माता हुनुहुन्छ ।  

चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व. जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानालगायतलको अभिनय छ । 

निर्देशक अधिकारीले यो गणपतिले हाम्रो समाजको चरित्र चित्रण गर्ने बताउनुभयो ।  कोही व्यक्ति कुनै बेला त्यही समाजको भगवान् बन्ने र उही व्यक्तिलाई हाम्रै समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने चलचित्रमा प्रस्तुत गरिएको उहाँको भनाइ छ  । ‘गणपति’ नाम धार्मिक सुनिए पनि चलचित्रमा कुनै पनि धर्मको विरोध वा प्रचार गरिएको छैन । चलचित्रको सम्पूर्ण छायाङ्कन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा भएको हो । चलचित्रमा हरिबहादुर घलेको छायाङ्कन रहेको छ । गीतमा अनिश अधिकारीले शब्द तथा सङ्गीत दिएका छन् भने अनिश अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन् ।