तिलाचन पाण्डे
तम्घास, जेठ ३१ गते । गुल्मीमा अचेत अवस्थामा फेला परेका ६० वर्षीय झबिन्द्र मरासिनीको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –९ उपल्लो तम्घासका मरासिनी वडा ७ साखिनेडाँडामा अचेत अवस्थामा फेला पर्नुभएको थियो ।
उपचारका लागि मरासिनीलाई जिल्ला अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
निजको शवलाई बुधबार दिउँसो गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको पाण्डेले बताउनुभयो । मरासिनीका दुई श्रीमती रहेको र केही दिनदेखि घरमा एक्लै रहेको स्थानीयले जनाएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।