• २ जेठ २०८२, शुक्रबार

६ प्रतिशत आर्थिक वृद्धि सम्भव छैन : अध्यक्ष यादव

blog

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव । फाइल तस्बिर

काठमाडौं, जेठ २४ गते। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बजेटले लक्ष्य अनुरूपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताउनुभएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि  टिप्पणी गर्दै यस्तो बताउनुभएको हो । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको उल्लेख गर्नुभयो। उहाँले बजेट संविधानले परिकल्पना गरे अनुरूपको समाजवादउन्मुख नभएकोसमेत बताउनुभयो। 

उहाँले भन्नुभयो – ‘बजेट समाजवादउन्मुख छँदै छैन। बजेट विकृत पुँजीवादी या नवउदारवादी सिद्धान्तमा आधारित छ। यस किसिमको बजेटले समाजवादउन्मुख बाटो पक्रन सक्दैन। समाजवादउन्मुख होइन समाजवाद विमुख बजेट रहेको छ। आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत हासिल गर्ने भनिएको छ। तर यो बजेटबाट ६ प्रतिशत वृद्धिदर हासिल गर्न असम्भव छ।’’

उहाँले बजेट भोकमरी, गरिबी, बेरोजगारी र अशिक्षाबाट जनतालाई मुक्त गर्नेगरी आउनुपर्नेमा त्यस्तो हुन नसकेको बताउनुभयो। अध्यक्ष यादवले बजेट निर्माणमा अर्थ मन्त्रालयका कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी भएको बताउनुभयो।