• ८ वैशाख २०८१, शनिबार

सन्नी लियोनी अनुराग कश्यपसँग 'केनेडी'मा काम गर्ने

blog

सन्नी लियोनी ।

काठमाडौं, वैशाख २९ गते । वलिउडका चर्चित अभिनेत्री हुनुहुन्छ सन्नी लियोनी । सन्नीले वलिउड फिल्म इन्डस्ट्रीमा आफ्नो छुट्टै स्थान बनाउनुभएको छ । अब भने उहाँ छिट्टै विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभलमध्येको एक 'कान्स'मा सहभागी हुने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार २०२३ मै सन्नीलाई कान्स फेस्टिभलमा देख्न पाइनेछ । 

यस्तै, अभिनेत्री लियोनीलाई आगामी फिल्म केनेडीमा पनि मुख्य भूमिकामा देख्न सकिनेछ । फिल्मका निर्देशक अनुराग कश्यप हुनुहुन्छ । निर्देशक कश्यपलाई बलिउडमा लिगभन्दा बाहिरका फिल्महरू बनाउने चर्चित निर्देशकको रुपमा चिनिन्छ । फिल्ममा लियोनीसँगै राहुल भट्ट पनि मुख्य भूमिकामा हुनुहुन्छ । 

यो फिल्मसँगै सन्नी 'कान्स २०२३' को कार्यक्रममा पहिलो पटक सहभागी हुने भारतीय सञ्चारमाध्यमले जनाएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म कनेडीको टिजर पनि रिलिज गरिएको छ ।

यस विशेष फिल्म फेस्टिभल 'कान्स' २०२३ मा जाने एक मात्र हिन्दी फिल्म 'केनेडी'का साथै विश्वका उत्कृष्ट फिल्महरूको पनि प्रिमियर हुनेछ ।

सन्नीको बलिउड करियर

सन्नी लियोनीले आफ्नो वलिउड यात्रा २०१२ को फिल्म 'जिस्म-२' बाट सुरु गर्नुभएको थियो । जुन उहाँलाई 'बिग बोस'को समयमा पूजा भट्टले प्रस्ताव गर्नुभएको हो । फिल्ममा रणदीप हुड्डा र अरुणोदय सिंहसँगै सन्नी मुख्य भूमिकामा हुनुहुन्छ । 

यस्तै, सन्नी लियोनी पहिलो पटक भारतीय रियालिटी शो बिग बोसमा देखिनुभएको थियो । यहीबाट उहाँको वलिउड यात्रा सुरु भएको मानिन्छ । 

यसबाहेक, फिल्म 'जिस्म-२' पछि सन्नीलाई 'रागिनी एमएमएस' (२०१४), 'एक पहेली लीला' (२०१५), 'मस्तीजादे' (२०१६), 'बेइमान लव' (२०१६), 'रईस' (२०१७), 'तेरा इन्तजार' (२०१७), 'बादशाहो' (२०१७), 'भूमि' (२०१७) मा देख्न सकिन्छ ।