• २७ वैशाख २०८१, बिहिबार

रारा गोल्डकपको उपाधि सलहेश पोल्टामा

blog

हिले, वैशाख २९ गते । धनकुटाको राजारानीमा भएको १० औँ गोर्खा रारा गोल्ड कपको उपाधि सिराहाको सलहेश फुटलव क्लबले जितेको छ ।

बिहीबार पुण्य माविको खेल मैदानमा सम्पन्न खेलमा सलहेशले धनकुटाको डाँडा बजार फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । खेलको १५ औँ मिनेटमा सलहेशको लागि फागुराम थारुले खाता खोल्नुभयो । ४० औँ मिनेटमा डाँडा बजारको लागि नीरज थापा मगरले बराबरी गोल गर्नुभयो । ५९ औ मिनेटमा सलहेशको लागि समीर तामाङ गोल थप्दै २–१ को अग्रता बनाउनु भयो । खेलको ८६ औ मिनेटमा फागुरामले पुन आर्को गोल थप्दा  सलहेश ३–१ गोल विजयी भयो ।

उपाधि सँगै विजेता टोलीले नगद चार लाख रुपियाँ हात पारेको छ । उपविजेताले भने दुई लाखमा चित्त बुझाएको छ । खेलमा सलहेशका फागुराम थारु उत्कृष्ट खेलाडी घोषित हुने भयो । त्यस्तै सलहेशलकै निश्चल मोक्तान उत्कृष्ट गोलकिपर घोषित हुनु भयो । 

यता उदयमान खेलाडी भने डाँडा बजारका अर्जुन लिम्बु घोषित हुनु भयो । उत्कृष्ट  गत २२ गते बाट सुरु भएको प्रतियोगितामा देशका विभिन्न ८ क्लबको सहभागिता रहेको थियो । 


Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।