• २६ वैशाख २०८१, बुधबार

नेवा: सुपरस्टार सिरपा जेठ २ मा

blog

काठमाडौं, वैशाख २७ गते । नेपाल भाषा फिल्म निर्माणको चार दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवा: सुपरस्टार सिरपा’ हुने भएको छ । ग्लोबल नेवा: नेटवर्कले आयोजना गर्न लागेको कार्यक्रमको फाइनल आगामी जेठ २ गते हुने भएकाे हो । 

काठमाडौंको सोल्टी व्याङक्वेटमा एक कार्यक्रमबीच विजेता घोषणा गरिनेसमेत जनाइएको छ । प्रतियोगिताका लागि पाँच जना महिला जसमा हिसिला महर्जन, भिन्तुना जोशी, रोजिना सुवाल, अन्नपूर्णेश्वरी श्रेष्ठ र रजनी खड्गी हुनुहुन्छ ।

यस्तै, पाँच जना पुरुष जसमा सुरज व्यञ्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रूपेन्द्र श्रेष्ठ गरी १० जना महिला र पुरुष कलाकार छनोट गरिएको हो । 

यसबाहेक विजेता महिला र पुरुषलाई जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गरिने भएको छ । कार्यक्रमका संस्थापक अध्यक्ष सुनिलकुमार शाक्य हुनुहुन्छ ।