• १० मंसिर २०८१, सोमबार

मलेसियाको नेपाली दूतावासबाट श्रम स्वीकृति सेवा

blog

काठमाडौँ, वैशाख १ गते  । मलेसियामा रहेको नेपाली दूतावासले २०८० साल वैशाख १५ गतेदेखि पुनः श्रम स्वीकृति सेवा सुरु गर्ने भएको छ । दूतावासका अनुसार मलेसियामा र ब्रुनाईका विभिन्न सहरमा श्रम स्वीकृति नवीकरण गर्न बाँकी रहेका नेपाली श्रमिकका लागि आउँदो वैशाख १५ देखि पुनः श्रम स्वीकृति सेवा सुरु गर्ने तयारी गरेको हो । 

दूतावासबाट पुनः श्रम स्वीकृति लिनका लागि सबैभन्दा पहिला वैदेशिक रोजगार विभागको वेबसाइटमा गई फेमिस सिस्टमबाट अनलाइन आवेदन दिनुपर्छ । दूतावासका अनुसार विदेशमा रहेका नेपालीले पुनः श्रम स्वीकृति लिँदा अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्छ । त्यसका लागि कोषको अनलाइन प्रणालीमार्फत आबद्ध हुने व्यवस्था गरिएको छ । मलेसियाबाट पुनः श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बिमाबापतको रकम खल्ती, कनेक्ट आईपीएस वा ईसेवाजस्ता डिजिटल बैङ्किङबाट रकम भुक्तानी गर्न सकिन्छ । यसबाट रकम तिरेको प्रमाण सिस्टममा अपलोड गर्नुपर्छ । पुनः श्रम स्वीकृति लिन र सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेबारे थप जानकारी वा जिज्ञासा भएमा दूतावासमा सम्पर्क गर्न सकिन्छ । 

सरकारले श्रम स्वीकृति सेवालाई सहज बनाउन विदेशस्थित नेपाली नियोगबाटै पनि पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेपछि मलेसियामा रहेको नेपाली दूतावासले सेवा सुरुवात गर्न थालेको हो ।