• १५ वैशाख २०८१, शनिबार

तिलोत्तमा गोल्डकपमा सुदूरपश्चिमको विजयी सुरुवात

blog

उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै सुदूरपश्चिम र रुपन्देहीका खेलाडी । तस्बिर : गोरखापत्र

लक्ष्मण पौडेल

भैरहवा, चैत ४ गते । तिलोत्तमा गोल्डकप फूटबल प्रतियोगिता २०७९ शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम फुटबल संघले रुपन्देही–११लाई ३–१ गोलले हरायो । 

प्रतियोगितामा दुई विभागीयसहित आठ टिमले भाग लिएका छन् । प्रतियोगिताको विजेता टिमले ११ लाख ११ हजार एक सय ११ रुपियाँ पुरस्कार पाउनेछन् । 

गोल्डकपको उपविजेताले पाँच लाख ५५ हजार ५ सय ५५ रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपियाँ वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।