• ८ वैशाख २०८१, शनिबार

भिडियो कुराकानी

कला र सङ्गीतको विकासमा सहकार्य आवश्यक छ

blog

काठमाडौं, चैत ४ गते । नेपाली नाटक क्षेत्रमा चार दशक लामो अनुभव सँगाल्नुभएका कलाकार निशा शर्माले भर्खरै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपतिको जिम्मेवारी पाउनुभएको छ। शर्मा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको इतिहासमा पहिलो महिला कुलपति हुनुहुन्छ । पाँच वर्षको उमेरदेखि नै नाटक गर्न थाल्नु भएका शर्माले आफ्नो अभिनय र निरन्तरताले गर्दा सरकारले महत्त्वपूर्ण जिम्मेवारी दिएको बताउनुहुन्छ  यसलाई अवसर तथा चुनौती दुवैको रूपमा लिएको उहाँको भनाइ छ । 

आफ्नो कार्यकालमा सङ्गीत, कला र कलाकारको अभिलेख राख्ने, ग्रामीण क्षेत्रमा बसोबास गर्ने कला र कलाकारलाई मूलधारमा ल्याउने उहाँको योजना छ । लोप हुँदै गएको सङ्गीत, नाटक र संस्कृतिको पुनर्स्थापना गर्ने, फेलोसिपमार्फत बढीभन्दा बढी मानिसलाई कलामा शिक्षित गराउने र कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ । नयाँ जिम्मेवारी र भावी योजनाका विषयमा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति शर्मासँग गोरखापत्र अनलाइनका लागि रेणु ढकाल र मनोजरत्न शाहीले गर्नुभएको कुराकानीका आधारमा तयार पारिएको भिडियो अन्तरवार्ता :