• १३ साउन २०८१, आइतबार

मुलुक नयाँ राजनीतिक कोर्समा : उपसभापति खड्का

blog

नेपाली कांग्रेसका उपसभापति खड्का पत्रकार सम्मेलनमा बोल्नुहुँदै ।

नविन सुवेदी

सुर्खेत, फागुन १७ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुकको राजनीतिकले नयाँ कोर्स लिएको बताउनुभएको छ । नयाँ गठबन्धनसँगै राजनीतिक रुपमा नयाँ परिवेश स्थापित भएको उहाँको भनाइ छ । 

बुधबार सुर्खेत विमानस्थलमा नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यस्तो बताउनुभएको हो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गरिसकेपछि मात्र प्रधानमन्त्रीले विश्वासको मत लिने उहाँले प्रष्ट पार्नुभयो ।  

उपसभापति खड्काले आफू अब मन्त्री नबन्ने पनि प्रतिवद्धता जनाउनुभयो । यो कुरा आफूले २०७२ मै अर्घाखाँचीमा पुगेर घोषणा गरेको र त्यसमा आफू अहिलेसम्म पनि अडिग रहेको उहाँको भनाइ छ । 

“राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गरिसकेपछि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम हुन्छ” उहाँले थप्नुभयो, “प्रचण्डकै नेतृत्वमा सरकार अघि बढ्छ । आलोपालोको विषयमा छलफल भएको छैन ।”