• २१ वैशाख २०८१, शुक्रबार

‘हुक्का एन एब्जर्ड ड्रिम’को फर्स्ट लुक सार्वजनिक

blog

काठमाडौँ, माघ २९ गते । आगामी चैत ३ लाई प्रदर्शन मिति तोक्दै चलचित्र ‘हुक्का एन एब्जर्ड ड्रिम’को फर्स्ट लुक सार्वजनिक भएको छ। स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गर्नुभएको चलचित्रमा शम्भु थापाको निर्देशन छ।

फस्र्ट लुकमा चलचित्रका कलाकार प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरीलाई स्थान दिइएको छ। चलचित्रमा प्रमिला, प्रकाश र तेजसहित अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिसा विक र सन्तोषकुमार आत्रेयको पनि अभिनय छ।