• २४ असार २०८१, सोमबार

नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा

blog

काठमाडौँ, माघ २७ गते । ११औँ नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा भएको छ। बिहीबार सोल्टी होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको अमेरिकी संस्करण घोषणा गर्नुभयो।

अवार्डको आगामी संस्करण अमेरिकाको टेक्सासमा जेठ १३ गते (२०२३ मे २७) मा आयोजना हुने जानकारी दिइयो। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा लैजान अवार्डले भूमिका खेल्ने बताउँदै चलचित्रको माध्यमबाट भाषा, संस्कृति र पर्यटन प्रवद्र्धन गर्नु आफूहरूको उद्देश्य रहेको बताउनुभयो। नेफ्टा अध्यक्ष लामाले नेफ्टाको उद्देश्य पनि अवार्डमार्फत फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने र चलचित्रलाई प्रवद्र्धन गर्नु रहेको बताउनुभयो।