• ११ मंसिर २०८१, मङ्गलबार

लुम्बिनीको पवित्रतामा आँच आउने काम नगर्न आग्रह

blog

काठमाडौँ, माघ २७ गते । धर्मोदय सभाले लुम्बिनीको पवित्रतामा आँच पुग्न जाने कार्य नगर्न/नगराउन सम्बन्धित सबैसँग आग्रह गरेको छ । धर्मोदय सभाका महासचिव सागरमान वज्राचार्यले विज्ञप्ति जारी गरी सो आग्रह गर्नुभएको हो । त्यसैगरी सभाले बौद्ध सङ्घसंस्थाहरूले लुम्बिनीमा आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा भएको आक्रमणको समेत भत्र्सना गरेको छ ।

लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्रमा आयोजना गरिने नौदिने रामकथा वाचन कार्यक्रमको विषयमा विभिन्न बौद्ध सङ्घसंस्थाले माघ २३ गते गरेको शान्तिपूर्ण विरोध प्रदर्शन सभामा अतिवादी हिन्दु कार्यकर्ताको समूहले आक्रमण गरेको धर्मोदय सभाको भनाइ छ ।

“हामी बौद्धहरूको हिन्दु धर्मप्रति कुनै द्वेषभाव छैन । शान्तिप्रेमी बौद्धहरूप्रति कसैले पनि आक्रामक कार्यवाही गर्नुको कुनै औचित्य नै छैन” विज्ञप्तिमा उल्लेख छ ।