काठमाडौं, माघ २५ गते । अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिनुभएको छ । अभिनेत्री मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै खनालविरुद्ध उजुरी दिनुभएको हो ।
करिश्माले फेसबुकमार्फत पनि उजुरी दिएको जानकारी गराउनुभएको छ । युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिनुभएको थियो ।
"प्रेम दाइ, भन्नुस् म कसरी बसेको थिएँ ? लिभिङ टुगेदर ? म मेरो संसारमा खुसी छु" लेख्दै करिश्माले फेसबुकमा आक्रोश व्यक्त गर्नुभएको छ ।