• १२ वैशाख २०८१, बुधबार

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत गोली प्रहारबाट बच्न सफल

blog

काबुल, मङ्सिर १७ गते । अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन् ।

स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा घाइते भएको टिभी च्यानलले सामाजिक सञ्जालमा उल्लैक गरेको छ ।

एक प्रत्यक्षदर्शीले नाम न छाप्ने सर्तमा सिन्ह्वालाई बताए अनुसार उनी  गोली चल्ने बेला पाकिस्तानी दूतावास नजिकको क्षेत्रमा हिँडडुल गर्दै थिए ।

यहाँको परराष्ट्र मन्त्रालयले पाकिस्तानी दूतावासमा भएको आक्रमणको निन्दा गर्दे घटनाको अनुसन्धान गर्ने बताएको छ।  घटना कुन समूहले किन गरेको भन्ने अहिले सम्म खुल्न सकेको छैन । रासस/सिन्ह्वा