• १५ वैशाख २०८१, शनिबार

२४ घण्टामा तीन जना डेंगु सङ्क्रमितको मृत्यु

blog

काठमाडौं, मङ्सिर ५ गते । पछिल्लो २४ घण्टामा तीन जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा तीन जना मृत्यु हुनुका साथै एक हजार ३८० जना डेंगु सङ्क्रमित थपिएका छन् ।

योसँगै नेपालमा मृत्यु हुने डेंगु सङ्क्रमितको सङ्ख्या ६० पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ७७ जिल्लाबाट ५२ हजार ५५७ जना डेंगुबाट सङ्क्रमण पुष्टि भएको छ  । 

डेंगु भाइरस सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो भाइरस जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्ने गर्छ ।