• २५ वैशाख २०८१, मङ्गलबार

बियर बिक्रीमा प्रतिबन्ध

blog

दोहा, मङ्सिर ४ गते । आयोजक कतारले शुक्रबार विश्वकप रङ्गशालाहरूमा बियरको बिक्रीमाथि प्रतिबन्ध लगाएको छ। 

विश्वव्यापी फुटबल समर्थकका लागि विश्वकप एक महिना लामो रमाइलो चाड पनि हो। त्यसैले विश्वकपको समयमा बियरको निकै माग हुन्छ तर कतारमा रक्सीको खरिदबिक्री प्रतिबन्धित छ। कतारको यस निर्णयसँगै विश्वकपको बियर प्रायोजक बडवाइजरलाई ठूलो झट्का लागेको छ। बडवाइजरले फिफामाथि नै विश्वकप प्रतियोगिता नियन्त्रण गर्न नसकेको भनी प्रश्न पनि उठाएको छ। 

यसअघि कतारले फिफाको आवश्यकता अनुसार रङ्गशालामा मदिराको बिक्रीमा सहमति जनाएको थियो। फिफाले शुक्रबार विज्ञप्ति जारी गरी ‘नन अल्कोहोलिक बियर’ आठवटै रङ्गशालामा बिक्री गरिने जानकारी दिएको छ। स्याम्पेन, वाइन भने विशिष्ट स्थानमा रहने तिथिहरूलाई मात्र उपलब्ध गराइनेछ तर विश्वकप टिकट खरिद गरेका ठूलो सङ्ख्याका फुटबल समर्थकको पहुँच त्यहाँसम्म छैन तर उनीहरूले साँझमा हुने फिफा फ्यान फेस्टिभलमा भने बियर प्राप्त गर्न सक्नेछन्। जुन रङ्गशाला क्षेत्रबाहिर हुनेछ। एपी