काठमाडौं, कात्तिक २३ गते। आफ्नो उत्पादनमा बन्ने विज्ञापनका सामग्रीसहित म्युजिक भिडियोमा अभिनय गर्न ओएसआर डिजिटलले गायक आशीष सचिनलाई एक वर्षका लागि अनुबन्ध गरेको छ।
आशीषका ‘दारी फुल्यो बैँसैमा’,‘‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’लगायतका गीतका गायक हुनुहुन्छ।
ओएसआरले गायक आशीषलाई एक वर्षका लागि वार्षिक ३० लाख रुपैयाँ दिने गरी अनुबन्धित गरेको हो। एक वर्षको अवधिमा ओएसआरसँग गायक आशीषले आठवटा गीतसहित वर्षभर आउने विज्ञापनको काम गर्नुपर्नेछ। पछिल्ला दिनमा गायक आशीषले लगातार ओएसआरमार्फत् आफ्ना म्युजिक भिडियो बजारमा ल्याउनुभएको छ।
गायन सँगसँगै म्युजिक भिडियोमा सक्रिय आशीषले अभिनय गरेको पछिल्लो म्युजिक भिडियो ‘छमक छमक तेरी पाउजुले’ हो।