• १२ वैशाख २०८१, बुधबार

हत्या अभियोगमा बाबु–छोरा पक्राउ

blog

ताप्लेजुङ, कात्तिक ५ गते । ताप्लेजुङमा कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् र छोरा पक्राउ परेका छन् । छोरासँग मिलेर कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा आठराई त्रिवेणी गाउँपालिका–३ हाङ्पाङका ४५ वर्षीय विद्याराज लिम्बू पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार दाउराको चिर्पट प्रहार गरी श्रीमती विष्णुकुमारी लिम्बूको हत्या गरेको आरोपमा छोरा २१ वर्षीय मनोज लिम्बूसहित विद्याराज पक्राउ परेका हुन् । गत असोज २७ गते बाबुछोरा मिलेर विष्णुकुमारीमाथि कुटपिट गरेका थिए । कुटपिट भएको केही दिनपछि विष्णुकुमारीको मृत्यु भएको थियो । 

यो पनि पढ्नुहोस

कर्मसित के लाग्ने रैछ र...

कलात्मक शैलीको महालक्ष्मीस्थान मन्दिर

कुटपिटका कारण मृत्यु भएपछि श्रीमान् विद्याराज र छोरा मनोजलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार पक्राउ परेका बाबु–छोरालाई ताप्लेजुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

यो पनि पढ्नुहोस

कपिलवस्तु दुर्घटना: ३ सशस्त्र प्रहरीसहित ४ जनाको मृत्यु

कलात्मक शैलीको महालक्ष्मीस्थान मन्दिर

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।